डोटी र डडेल्धुरा सहीत नौवटै जिल्लामा स्वास्थ्य बीमा : सुदूरपश्चिम पहिलो
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २०:५५:८
२३ फागुन, काठमाडौं । सुदुरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । प्रदेशका सात जिल्लामा यस अगाडि नै शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम डोटी र डडेल्धुरामा विस्तार भएपछि नौवटै जिल्लामा बीमा कार्यक्रम बिस्तार भएको हो ।
स्वास्थ्य बीमा बोर्डले बुधबार डोटी र बिहीबार डडेल्धुरामा शुभारम्भ गरेसँगै प्रदेशभर बीमा कार्यक्रम लागू भएको बोर्डले जनाएको छ । स्वास्थ्य उपचारमा अनियन्त्रितरुपमा भइरहेको व्यक्तिगत तथा पारिवारिक खर्च घटाउँदै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने र सेवाको उपयोगमा वृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
एउटा परिवारले अधिकतम एक लाख रुपैयाँसम्म उपचार सुविधा लिनसक्ने स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउँदले बताएका छन् । उनका अनुसार बीमा कार्यक्रम लागू भएको सुदूरपश्चिम पहिलो प्रदेश भएको छ ।
सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म दुई लाख ६० हजारभन्दा बढी पुगेको उहाँको भनाइ थियो । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको थियो ।
देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको सो कार्यक्रम चालू आव २०७६÷७७ भित्र ७७ जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ । त्यसैगरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० र सन् २०३० सम्ममा शतप्रतिशत पु¥याउने लक्ष्य छ ।
बीमित परिवारका सदस्यको सदस्यता क्रियाशील भएपछि उपचारका लागि आप्mनो परिचयपत्र लिएर आकस्मिक उपचारका लागि सधैँ तोकिएको प्रथम सेवाबिन्दु स्वास्थ्य संस्थामा नै जानुपर्ने प्रावधान बीमा कार्यक्रमले अनिवार्य गरेको छ ।
स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार अति गरिबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बीमा कार्यक्रममा रहेको छ ।
त्यस्तै कडा प्रकारका रोग (अर्बुदरोग, मुटुरोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहिरिने गरी थप रु एक लाखको सेवासुविधा दिने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार