अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २१:१९:१९
२३ फागुन काठमाडौं । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा ¥याल जस्तो पानी बग्ने गरेको छ । विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले विद्यार्थीको उपचार गरे पनि निको नहुँदा अहिले विद्यार्थी बडीकेदार गाउँपालिका– १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको सो विद्यालयका अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताए ।
उनले भने, “विद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ, उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले विद्यार्थी कसरी र के कारणले बिरामी परेका हुन् सो विषयमा बुझ्न तथा उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली पठाउने व्यवस्था मिलाइएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार
वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादन वृद्धि गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
पुष ४, २०८१ बिहिबार