उपभोक्ता मन्द विषको शिकार बन्दै
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २१:२६:४३
२३ फागुन, वीरगञ्ज । भन्सार कार्यालय सिर्सियाले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रने दाल, गेडागुडी, मरिच छोकडालगायत खाद्य वस्तु सुख्खा बन्दरगाह गुणस्तर प्रमाणीकरण कार्यालयमा जाँच नगरिकन छाड्दा उपभोक्ता मन्द विषको शिकार हुदै गएका छन् ।
सो नाकाबाट दैनिक करिब ५०० मेट्रिकटन दाल, गेडागुडी, सोयोविन, मकैलगायतका खाद्य सामग्री नेपाल भित्रन्छ । सुक्खा बन्दरगाह कार्यालयले प्लान्ट क्वारेन्टाइन कार्यालयमा सामान्य जाँच गराई छाड्ने गरेकाले रङयुक्त यस्ता पदार्थ उपभोक्ताले खाँदा क्यान्सर जस्ता रोगको शिकार हुने गरेका छन् ।
भटमास तथा गेडागुडीमा माइक्रोटकसिन भन्ने रसायन पदार्थ मिसिएकाले यसको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका सूचना अधिकारी रवीन्द्र झाले बताएको छ । उनले भने, “ती खाद्य पदार्थको विश्लेषण नगराई सामान्यरुपमा क्वारेन्टाइन गराएर छोडदा मानव स्वास्थ्यमा मन्द विषको प्रभाव पर्दै गएको छ ।”
खाद्य सामग्री खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा नपठाइ सुक्खा बन्दरगाहले क्वारेन्टाइन कार्यालयमा पठाउने गरेकाले वस्तुहरुको पूर्णरुपमा जाँच हुन नसक्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको विज्ञको भनाइ छ ।
सुक्खा बन्दरगाह कार्यालय सिर्सियाका सूचना अधिकारी जगदीश पूर्वेले शुरुदेखि नै खाद्य वस्तु क्वारेन्टाइन कार्यालयमा जचाउने गरेकाले त्यस्ता वस्तुको जाँचका लागि क्वारेन्टाइन पठाउने गरिएको बताउनुभयो । खाद्य ऐन २०२३ अन्तर्गत सामानको खाद्य आयातनिर्यात गुणस्तर कार्यालयबाट जाँच गराई भन्सार पास गर्नुपर्नेमा क्वारेन्टाइनमा पठाएर सामान्य तरिकाले जाँच गरी पठाउने गरेकाले यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने हुँदा यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उपभोक्ताको माग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार