तीन महिना बढीको औषधि मौज्दात छ : औषधि उत्पादक सङ्घ
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २३:६:२०
२३ फागुन, काठमाडौं । नेपाल औषधि उत्पादक सङ्घले नेपालमा उत्पादन हुने औषधि तीन महिनासम्म पुग्ने मौज्दात रहेको जनाउँदै औषधिको अभाव हुन नदिने आश्वस्त पारेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को प्रभावपछि भारतले २६ उत्पादन र कच्चापदार्थको निर्यातमा रोक लगाएपछि नेपालमा पनि सम्बन्धित औषधिको कमी हुने हल्लाका बीच सङ्घले औषधिको कमी हुन नदिने जनाएको हो ।
सङ्घले आज पत्रकार सम्मेलन गरी तीन महिनाभन्दा बढी समयको सामान्य बजारका लागि आवश्यक औषधि, कच्चा पदार्थ, सहायक कच्चापदार्थ एवं प्याकिङ मेटेरियल मौज्दात रहेको जनाएको छ । सम्मेलनमा सङ्घका अध्यक्ष जि नारायणबहादुर क्षेत्रीले भूकम्प, नाकाबन्दीजस्ता विपद्को समयमा पनि औषधि अभाव हुन नदिएको अवगत गराउँदै अहिले चीनबाट पनि कच्चापदार्थ आइरहेको बताए ।
उनले भने, “भारत र चीन हामीलाई व्यापारिक दृष्टिकोणले सरल भएकाले हामीले धेरैजसो कच्चा पदार्थ त्यहाँबाट खरिद गर्ने गरेका हौँ, विश्वका अन्य मुलुकमा पनि कच्चा पदार्थ बन्ने र हामी जुनसुकै मुलुकबाट कच्चापदार्थ खरिद गरी औषधिको अभाव हुन दिने छैनौ ।”
नेपालमा हाल एलोपेथिक औषधिका ६२ उद्योग सञ्चालनमा छन् भने ४२ अन्य नयाँ उद्योग निर्माणाधीन छन् । सङ्घका महासचिव विप्लव अधिकारीले नेपालमा सरकारले विपद्मा मात्र औषधिको महत्व बुझ्ने गरेको बताउँदै देशलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा वर्तमान परिस्थितिले सबैमा सचेतना बढोस् भने ।
उनले हालको स्थितिमा लगभग ७५ प्रतिशत औषधिमा विदेशी कम्पनीलार्इ आग्रह गर्नुपर्ने अवस्था नरहेको जनाउँदै निजी औषधि उद्योगसँग सरकारले सहकार्य गरेमात्र पुग्ने बताएका छन् । सङ्घका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले विदेशी औषधिलाई हारगुहार गर्नुको सट्टा सरकारले नेपाली उत्पादक सङ्घसँग सहकार्य गर्न आग्रह गर्दै आफूहरु नेपाल र नेपालीलाई सहज, सुलभ र गुणस्तरीय औषधि पु¥याउन सदैव तत्पर र सक्षम रहेको स्पष्ट पारे । नेपाल हाल करिब ४५ प्रतिशत औषधिमा आत्मनिर्भर छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार