कर्णाली राजमार्गका पक्की पुल असार मसान्तसम्म निर्माण सम्पन्न हुदै
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शुक्रबार २३:३८:१९
२३ फागुन, काठमाडौं । कर्णाली राजमार्गमा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेका छन् । लामो समयसम्म कामको गति लिन नसकेर बेवारिसे अवस्थामा रहेका यहाँका पुल निर्माण कार्य धमाधम भइरहेका छन् ।
केही पुल निर्माण भइसकेका छन् भने धेरै पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तीव्र गतिमा काम भइरहेको छ । विशेष गरी कर्णालीका जुम्ला, कालिकोट र मुगुको मुख्य आधारका रुपमा रहेको कर्णाली राजमार्गका पुल निर्माणपछि आवतजावत गर्ने यात्रुलाई सहज हुने जुम्ला पातारासी गाउँपालिका वडा नं ३ का रामबहादुर ऐडीले बताए ।
जुम्ला र कालिकोट खण्डका नौ निर्माणाधीन पक्की पुलमध्ये खल्लागाड बालीघाट, सिम्लेमा र छेडेनामा काम सम्पन्न भएर गाडी गुडेका डिभिजन सडक कार्यालय जुम्लाका इञ्जिनीयर दीपक विकले बताएका छन् । उनका अनुसार अन्य पुल असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरी दु्रतगतिमा काम भइरहेको छ । कर्णाली करिडोर जोड्ने खुलालु पुल र सेरी पान्तडी पुल भने ठेक्कामा जाने तयारी भइरहेको छ ।
यसैगरी कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका नौ पुलमध्ये बोडखोला र कुमाले खोलामा निर्माण सम्पन्न भई गाडी गुडिसकेका सडक डिभिजनले जनाएको छ । दैलेख खण्ड सडक डिभिजन सुर्खेतले हेरिरहेको छ भने जुम्ला कालिकोट खण्ड जुम्लाको जिम्मामा रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
दैलेख खण्डका पातलेखोला, लाम्चुलीखोला, मानेखोला, पुवाखोला, कालेखोला, पाल्तडाखोला, कानेगाड, दहीखोला र गुहेखोलाको काम असारसम्म सकिने गरी काम भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतका इञ्जिनीयर देवेन्द्र भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार यो वर्ष धेरैजसो पुलका निर्माण व्यवसायीलाई काम समयमा नगरेमा कालोसूचीमा राख्ने वा सम्झौता रद्द गर्ने पटकपटक निर्देशन गरेपछि काम समयमै भइरहेको छ ।
थप कालोपत्र
यसैगरी कर्णाली राजमार्गको धेरै भाग कालोपत्र पछि उम्किएपछि धुलो र हिलोले हैरान बनाउने समस्याका लागि पनि काम थालिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । कालिकोट खण्डको ४० किलोमिटर कालोपत्र माथि फेरी कालोपत्र गर्ने तयारी भइरहेको छ । दहीखोला नजिकको पहिरो व्यवस्थापनका लागि योजना बनाई काम शुरु गरिने डिभिजन जुम्लाले जनाएको छ ।
यसैगरी सुर्खेत, बड्डिचौर हुदै तल्लो डुगेश्वरसम्मको पाँच किलोमिटर धुलाम्मे छ । अब ग्राभेल गरी कालोपत्र गर्ने योजना रहेको बताइएको छ । दैलेख खण्डमा बढी कालोपत्र उम्किएर हैरान भएकाले रु सात करोडको कालोपत्रका लागि ठेक्का गरी काम थालिएको सडक डिभिजन सुर्खेतले जनाएको छ । जुम्ला खण्डको टाकुल्लाको पुल भने लामो समयदेखि विवादित भएकाले काम शुरु भएको छैन् । पक्की पुल निर्माण भएका जुम्ला, कालिकोट, मुगु विशेष गरी यस क्षेत्रको पर्यटकीय धरोहर राराताल र सिञ्जा, जुम्ला बजारमा पर्यटकलाई आउन थप सहज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार