बजार अनुगमनमा तिब्रता औषधि पसलबाट मास्क जफत, कालाबजारी भेटे ११३७ फोन गर्न आग्रह
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शनिबार ०:४:३६
२३ फागुन काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले रु ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु एक सयमा बेच्ने गरेको पाइएको छ । सो फार्मेसीसँग खरीद बिल पनि नभएको पाइएको छ । सो पसलबाट छ थान मास्क जफत गरिएको छ ।
यसैगरी पाटन अस्पताल नजीकै सञ्चालित जिपिपी म्यानकाइण्ड प्रालिले कपडाको मास्क साधारण खरीदको बिलसमेत पसलमा नराखेको र रु २५ मा बेच्नुपर्नेमा रु ५० लिएर व्यापार गरेवापत अनुगमन समितिले २२ थान मास्क जफत गरेको छ । बजारमा मास्क तथा औषधिको मूल्य वृद्धि र अभाव भएसँगै उचित मूल्य निर्धारणका लागि आज १२ पसलमा अनुगमन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रजिअ खेमप्रसाद भुसालले मुलुकमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको हुँदा आगामी दिनमा सञ्चालकलाई उचित मूल्य लिन तथा सबै वस्तुको खरीदको बिल, प्यान तथा भ्याट राख्न आग्रह गरे । अनुगमनमा समितिमा विभागका कर्मचारी रेवती ज्ञवाली, विष्णुप्रसाद शर्मा र विकल श्रेष्ठलगायत उद्योग वाणिज्य सङ्घ ललितपुरकी गीता न्यौपाने, प्रहरी प्रभाग लगनखेलका प्रहरी सहायक निरीक्षक रामशर्मा न्यौपाने थिए ।
बजारमा मास्कको कालाबजारी बढ्दै गएको समाचार विभिन्न सञ्चारमाध्यममा आउन थालेपछि सरकारले ११३७ को हटलाइन संचालनमा ल्यादै मास्कमा कालाबजारी भेटे फोन गरेर जानकारी दिन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार