चौरासी वर्षीय भट्टलाई ८४ सङ्घसंस्थाको अभिनन्दन
नेपालबहस संवाददाता
फागुन २३, २०७६ शनिबार ०:५४:१
२३ फागुन, काठमाडौं । चौरासी वर्षीय प्रगतिशील लेखक, समालोचक एवम् वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई ८४ सङ्घसंस्थाले आज यहाँ अभिनन्दन गरेका छन् । प्रगतिशील लेखक सङ्घ नेपालको आयोजनामा भएको कार्यक्रममा उनलाई उनकै उचाइ पाँच फिट चार इञ्चको अभिनन्दनपत्रका साथ अभिनन्दन गरिएको हो ।
कार्यक्रममा उप्रधानमन्त्री ईश्वर पोखरेलले साहित्यकार भट्टको साहित्यिक सिर्नना उत्कृष्ट रहेको बताए। विद्यार्थीकालमा भट्टका लेखरचनाबाट आफू निकै प्रभावित भएको उनको भनाइ थियो । विसं २०३६ यता भट्टका लेखरचना निरन्तर अध्ययन गर्दै आएको उहाँले सुनाए । “विसं २०५० मा भट्टसित चिनजान भए पनि उहाँका लेखरचनाबाट पञ्चायतकालदेखि नै प्रभावित थिएँ”, रक्षामन्त्री पोखरेलले भने । पेशालाई राजनीतिबाट टाढा राख्नुपर्ने मान्यतानुसार भट्टले त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशा छाडेर राजनीतिमा होमिनुभएको प्रसङ्ग उल्लेख गर्दै उनले भट्ट खरो स्वभावको व्यक्ति भएको बताए।
कार्यक्रममा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले साहित्यकार भट्ट प्रेरणाको स्रोत भएको बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार भट्ट भरपर्दो र विश्वासिलो माक्र्सवादी भएको उल्लेख गरे । विसं २०६२÷६३ को आन्दोलनमा भट्ट र आफू आन्दोलनको मोर्चामा सँगसँगै रहेको उनले स्मरण गरे । प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भट्टको सम्मान सबै सर्जकको सम्मान भएको बताए । सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले साहित्य, शिक्षा र राजनीतिक क्षेत्रमा भट्टले गर्नुभएका कामले मुलुकको सामाजिक रूपान्तरणमा निकै महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनको गौरवशाली विगतबाट समाजले लाभ लिइरहेकाले सम्मान गर्न उचित ठानिएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा भट्टकी बहिनी एवम् साहित्यकार सिर्जना शर्मा, प्रा डा अभि सुवेदी, जनसाँस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई, नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ, नेकपा (मसाल)का साँस्कृतिक विभाग प्रमुख रामप्रकाश पुरी, डा विन्दु शर्मालगायतले साहित्यकार भट्टले साहित्य र राजनीतिमा पु¥याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा भट्टकी धर्मपत्नी सुशीलाको समेत उपस्थित रेको थियो ।
विसं १९९३ असोज २५ गते जुम्ला सदरमुकाम खलङ्गामा जन्मिनुभएका भट्टको पुख्र्यौली थलो बैतडीको दशरथ चन्द नगरपालिका–५ पल्लाचौडली हो । विसं २००८ मा माध्यमिक तहको अध्ययन सम्पन्न गर्नुभएका भट्टले २००९ सालमा काठमाडौँस्थित त्रिचन्द्र कलेजमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन थालेका थिए । उनले विसं २०१२ मा शङ्करदेव क्याम्पसबाट स्नातक र २०१६ मा भारतको पटना विश्वविद्यालयबाट स्नातकोत्तर तहको अध्ययन गरेका हुन् । विसं २००८ देखि साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका करीब दुई दर्जन कृति प्रकाशित छन् । उहाँका फुटकर लेख, रचना, अन्तरर्वार्ता, चिट्ठीपत्र र दैनिकी पनि प्रकाशित छन् ।
त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा र बेलायतको लन्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर भट्टले काठमाडौँको विश्वनिकेतन हाइस्कूलमा विसं २०१४ देखि २०१६ सम्म, धनकुटा डिग्री कलेजमा २०१६ देखि २०१८ सम्म र महेन्द्र डिग्री कलेज धरानमा २०१९ देखि २०२२ सम्म शिक्षण गरेका थिए । उनी विसं २०२२ देखि २०३० सम्म वीरेन्द्र इन्टर कलेज चितवनमा प्रिन्सिपल भएका थिए । विसं २०३० साउनदेखि २०४५ सम्म त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उपप्राध्यापक र उपनिर्देशक उनले २०४५ पछि त्रिवि अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गरेका थिए । हाल उनी अल्जाइमर रोगका कारण कर्मशील जीवनबाट अलग्गिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई
असोज १७, २०८१ बिहिबार
प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार