पाकिस्तानमा कारखानामा ग्यास चुहावट, ७० जना अस्पताल भर्ना
नेपालबहस संवाददाता
फागुन २४, २०७६ शनिबार १४:४:३७
२४ फागुन एजेन्सी । पाकिस्तानको काराँचीस्थित कसिम क्षेत्रमा रासायनिक कारखानाबाट क्लोरिन ग्यास चुहावट भई ७० जना विरामी परेका छन् । उनीहरू सबैलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको पाकिस्तानी सञ्चारमाध्यमले सम्बन्धित अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएका छन् ।
“कारखानाबाट क्लोरिन चुहावट हुँदा कारखानामा कार्यरत ती कर्मचारी विरामी परेका छन् । अहिले सावधानीका लागि कारखाना वरपरको प्रभावित क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ,” काराँचीस्थित एङ्ग्रो पोलिमर तथा केमिकल प्लान्टद्वारा जारी विज्ञप्तिलाई पाकिस्तानी समाचार संस्था ‘डन’ले उद्धृत गरेको छ ।
ग्यास चुहावटलाई तत्काल नियन्त्रण गरिएको छ भने प्रभावित व्यक्तिलाई नजिकको अस्पतालमा लगी आवश्यक प्राथमिक उपचार सेवा दिइएको थियो । सवै विरामी खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ । डनले भनेको छ, “घटनामा कुनै मानवीय क्षति भएको छैन । विरामीहरू बेहोस हुने वा गम्भीर विरामी भएको अवस्था छैन ।”
घटनापछि ७० जनालाई उपचार सेवा दिइएको र एक जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचार सेवा प्रवाह गरेको जिन्ना मेडिकल सेन्टरका कार्यकारी निर्देशक सिमन जमालीले बताए । यसबारे थप विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार