अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एनआईसी एशिया बैंकले ल्यायो महिलाका लागि विशेष योजना
नेपालबहस संवाददाता
फागुन २४, २०७६ शनिबार १८:४१:४
२४ फाल्गुण, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा बैंकका महिला ग्राहकहरूलाई लक्षित गरि विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत यसवर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा रू. १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् । यस बैंकका महिला ग्राहकहरूले Mo-Bank एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, QR Payment लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ । तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले आफ्ना सम्पूर्ण महिला ग्राहकहरूलाई सम्मान गर्नुका साथै उनीहरूमा डिजिटल बैंकिङ्ग कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउदै आएका छन् । जसअनुसार बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक रू. १५,४०० सम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक रू. ६,००० सम्मको लाभ ग्राहकहरूले लिईरहेका छन् ।
बैंकले डिजिटल बैकिङ्गलाई प्रवद्र्धन गर्न २ हजार भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर, लगायतमा मोबाइल बैंकिङ्ग र डेबिट कार्ड प्रयोग गरी २५ प्रतिशतसम्म छुट ग्राहकहरूले प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ । Digital First को रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार