भन्सार सेटिङ मै धनुषामा तस्करी लाइन खुल्यो:-साेहन जलानलाई तस्करीको लाइन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
फागुन २४, २०७६ शनिबार २३:६:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/DIG-pradesh-police-1_BVJKMgdOkC.jpg)
♦ मृतुजा मियाँ तेली
२४ फाल्गुण, धनुषा । प्रदेश नम्बर दूईमा यतिबेला व्यापक तस्करी र अपराधका घटनाहरु भईरहेका छन् तर प्रहरी प्रशासन भने मौन सम्मति लक्षण्मको रुपमा देखिएको छ । २ नम्बर प्रदेशको राजधानी जनकपुरदेखि सर्लाही, महोत्तरी, रौतहट, बारा, सिरहा र सप्तरीका पुराना तथा नयाँ तस्करहरुले कपडादेखि मरिच र केराउसम्मको चोरी पैठारी गरेर प्रतिदिन लाखौको राजश्व छलि गरिरहेका छन् ।
एआईजी बन्न न्वारानदेखिको बल लगायका प्रदेश प्रहरीका डीआईजी प्रद्युम्न कार्की निराश भएर जनकपुर फर्किएपछि तस्करीले झन संगठित रुप लिन थालेको समाचार प्राप्त भएको छ । जसरी पनि एआईजी हुने जोडबलमा लागेका डीआईजी कार्कीले नेताहरुलाई भेटी बुझाउन रकमको जोहो गरेपनि यसपटक असफल भएपनि आगामी असारपछि रिक्त हुने दुई एआईजीपीको पोष्टमा बढुवा हुनुपर्छ भन्दै ठूलो रकमको जोहो गर्न आफ्ना घुमुवामार्फत तस्करी लाइन सञ्चालन गरेको समाचार स्रोतको भनाई छ ।
तस्कर सुरेश साह र डीआईजी कार्कीका घुमुवा सई महेन्द्र साहका आमाहरू दिदीबहिनी हुन् अर्थात् सुरेश साहको सानिमाको छोरा सई महेन्द्र साह हुन् । यही सम्बन्धका कारण यो तस्करको समूहले तस्करीको लाइन निर्वाध रुपमा पाएको हो । सशस्त्र प्रहरी तर्फको महिनावारी रकम लिने काम भने निरीक्षक भट्टले नै गर्दै आएको बताइन्छ ।
यही मेसोमा अहिले धनुषाको जटही, इटहर्वा,दुहवी,र झनौली नाकाबाट यतिबेलादुई महिना अघिदेखि खुलेआम तस्करी मौलाएको छ । उक्त तस्करीको सेटिङ गर्नेमा प्रदेश प्रहरी र जिल्ला प्रहरीका घुमुवादेखि चौकी इन्चार्ज र भन्सार प्रमुख रहेका छन् । प्रदेश प्रहरीमा बसेर लामो समयदेखि डीआईजीको घुमुवाको रुपमा कार्यरत सई महेन्द्र साह, धनुषा जिल्ला प्रहरीका क्राइम इन्चार्ज इन्सपेक्टर अशोक झा, जटही थानाका सई चन्दनकुमार सिंह र जनकपुर भन्सार प्रमुख कामेश्वर मिश्रको मिलेमतोमा व्यापक तस्करी मौलाएको हो । यिनीहरुले तस्करीको सिण्डीकेट नै खडा गरेर तस्करीधन्दा चलाईरहेको समाचार छ ।
त्यो सिण्डीकेटको नेतृत्व गर्ने तस्कर हुन्– सोहन जलान । सोहन जलान धनुषाका कुख्यात तस्कर हुन् । जलानको यो समुहमा सुरेश साह, मोहम्मद अली, मोहम्मद रहमान, मोहम्मद इस्माइल, विजय कर्ण र रञ्जित गुप्ता रहेका छन् । यो समुहले मरिच, केराउ, कपडा, मोटरपार्टसदेखि नक्कली सूर्य चुरोट, सूर्ती र रक्सीको धन्दा चलाएका छन् । तस्कर जलानले जनकपुर भन्सारका प्रमुख भन्सार अधिकृत कामेश्वर मिश्रदेखि डीआईजी, एसएसपी र एसपीका साथै नेपाल प्रहरीतर्फ सीमा प्रहरी चौकी जटहीका सई चन्दन सिंह र सशस्त्र प्रहरी बलका भन्सारस्थित गुल्मका निरीक्षक ध्रुवप्रसाद भट्टलाई महिनावारी बाँडेर मेनगेटबाट नै तस्करी गराईरहेका छन् ।
यो तस्कर समूहसँग महिनावारी लाइन बुझ्ने काम डीआईजीका घुमुवा रहेका सई महेन्द्र साह र इन्सपेक्टर अशोक झाले गर्दै आएको समाचार स्रोतको दावी छ । यिनीहरूले डीआईजीको नाममा ३ लाख, एसएसपीको नाममा २ लाख र एसपीका नाममा पाँच लाख रूपैयाँ दुईपटक बुझिसकेको स्रोतको भनाई छ ।
उनीहरुले दोस्रो किस्ताको लाइन समेत बाडिसकेको बताइन्छ । यी कुख्यात तस्करहरु मध्ये सोहन जलानका मुुख्य साझेदार सुरेश साह हुन् । तस्कर सुरेश साह र डीआईजी कार्कीका घुमुवा सई महेन्द्र साहका आमाहरू दिदीबहिनी हुन् अर्थात् सुरेश साहको सानिमाको छोरा सई महेन्द्र साह हुन् । यही सम्बन्धका कारण यो तस्करको समूहले तस्करीको लाइन निर्वाध रुपमा पाएको हो । सशस्त्र प्रहरी तर्फको महिनावारी रकम लिने काम भने निरीक्षक भट्टले नै गर्दै आएको बताइन्छ । यो तस्कर समुहले भन्सार र प्रहरीको सेटिङमा न्यून भन्सारमा एउटा गाडीको बिल काट्ने र बाँकी गाडीहरु बिना भन्सार नै आयातनिर्यात गर्ने गरेर दैनिक ठूलो मात्रामा राजश्व छल्ने काम हुँदै आएको छ ।
उनीहरुले एउटै प्रज्ञापनपत्रबाट धेरै पटक सामान ओसारपसार गर्ने काम यो गिरोहबाट हुँदै आएको छ । यो तस्कर समूहसँग महिनावारी लाइन बुझ्ने काम डीआईजीका घुमुवा रहेका सई महेन्द्र साह र इन्सपेक्टर अशोक झाले गर्दै आएको समाचार स्रोतको दावी छ । यिनीहरूले डीआईजीको नाममा ३ लाख, एसएसपीको नाममा २ लाख र एसपीका नाममा पाँच लाख रूपैयाँ दुईपटक बुझिसकेको स्रोतको भनाई छ । स्मरणीय के छ भने करिब एक महिना अघिमात्र जटही भन्सारका एकजना सुब्बा डेढलाख घुससहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।
जिप्रका धनुषाका एसपी रमेश वस्नेत र डीआईजी कार्की नातेदार रहेको बताइन्छ । यस्तै कमाउधन्दामा लागेका डीआईजी र एसपीले धनुषा कै दुहवी नाकाबाट राजीव महासेठलाई मरिच र नेपाली रक्सीको तस्करी लाइन दिएवापत मासिक ५–५ लाख बुझ्ने गरेको बताइन्छ । धनुषाका अन्य नाकाबाट पनि तस्करी लाइन चलाएर प्रहरीले मोटो रकम उठाईरहेको समाचार स्रोतको भनाई छ ।
यसैगरि महोत्तरीको इटहर्वा, मनराकट्टी,भित्तामोड, मटिहानी र पोखरभिट्टाबाट पनि खुद्रे तस्करी मौलाएको समाचार छ । महोत्तरीका घुमुवा मनोज चौहानले तस्करहरुबाट रकम उठाउने गरेका छन् । यस्तै सर्लाहीका एसपी विश्वमणि पोखरेलले तस्कर तथा अवैध रक्सीभट्टीबाट मासिक मोटो रकम उठाउने गरेको समाचार छ । सर्लाहीका तस्करहरु अमिन साफी, मनोज यादव, प्रभंश साह, प्रकाश इन्दल, र प्रकाश रायलगायतका सानाठूला तस्करहरुबाट महिनावारी उठाउने गरेको बताइएको छ । (नाेट : उपरोक्त समाचारमा सई चन्दन सिंहको तस्वीरमा असावधानीबश सोही नामको अरु नै व्यक्तिको फोटो पर्न गएकोमा क्षमा माग्दै तस्वीर सच्चाईएको छ: सम्पादक)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
अमेरिकी सेनाको हवाई आक्रमणबाट आतंकवादी समूहका वरिष्ठ कमाण्डरको मृत्यु
फागुन ५, २०८१ सोमबार
नेपाल आइपुग्यो बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप
फागुन ५, २०८१ सोमबार
कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने
फागुन ५, २०८१ सोमबार
सुनको मूल्य तोलामा एक हजार दुई सय बढ्यो
फागुन ५, २०८१ सोमबार
ब्राजिलका दम्पतीले बनाए विश्वको सबैभन्दा लामो वैवाहिक सम्बन्धको कीर्तिमान
फागुन ५, २०८१ सोमबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार