कञ्चनपुरमा टिपरको ठक्करबाट बालकको मृत्यु
नेपालबहस संवाददाता
फागुन २४, २०७६ आइतबार ३:५३:५८
२४ फागुन काठमाडौं । टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिका– ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको कैलालीको धनगढीस्थित प्रदेशिक सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए ।
ठक्करबाट पैदल हिँड्दै गरेका बालक रानाको टाउकोमा गम्भीर चोट लागेको अस्पतालले जनाएको छ । बालकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । यसैगरी पुर्नवास नगरपालिका–३ स्थित पशुपतिटोलबाट धनगढीतर्फ गइरहेको सुपप्र ०१००१ह ३०८१ नंको अटो पल्टिँदा ३५ वर्षीय अर्जुन धामीको मृत्यु भएको छ । धामीको उपचारका क्रममा प्रदेशिक सेती अस्पतालमा मृत्यु भएको हो ।
कुकुरलाई बचाउन खोज्दा अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक पौडेलले बताए। मृतक धामी सोही नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ । अटो रिक्सामा सवार ६४ वर्षीय लक्ष्मी ढकाललगायत दुई जना घाइते भएका छन् । दुवैको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन
कात्तिक २१, २०८१ बुधबार
विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्याण्ड ६७ रनले पराजित
कात्तिक २१, २०८१ बुधबार
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछाल
कात्तिक २१, २०८१ बुधबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार