मन्त्री अर्यालद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे शुभकामना
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार १६:२५:२५
२५ फागुन काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण दिदीबहिनीमा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आर्थिक सशक्तीकरणतर्फ उन्मुख भई आत्मनिर्भरताको दिशामा अगाडि बढौँ भन्ने कामना गरेकी छन् ।
आज जारी गरिएको सन्देशमा उनले महिलाको सशक्तीकरण अभियानलाई मूल मुद्दा बनाएर अघि बढ्न आवश्यक भएको र त्यसका लागि सामाजिक सचेतनताको अभियानलाई सशक्त ढङ्गले अगाडि बढाउँदै महिलालाई उत्पादनशील कार्यमा सहभागी गराएर आर्थिकरूपमा आत्मनिर्भर बनाउन जरुरी भएको बताएकि छन् ।
राज्यका सबै क्षेत्रमा एकतिहाइ महिला सहभागितालाई अनिवार्य गराउने संवैधानिक व्यवस्थाले महिला समानताको सुनिश्चिततालाई निकट बनाएको जनाउँदै उनले सन्देशमा यसलाई नेपाली महिला आन्दोलनको ठूलो उपलब्धि भएको उल्लेख गरेकि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार