फ्रेण्डसीपको कपको उपाधि दोभानलाई
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार १७:२२:१८
२५ फागुन, तनहुँ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा व्यास नगरपालिका–३ स्थित रिभरसाइड युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका–१ स्थित दोभान युवा क्लबले उपाधि जितेको हो ।
प्रतियोगितामा खेलको आठौँ मिनेटमा दोभानका लागि जर्सी नं १४ का विकास श्रेष्ठले पहिलो गोल गरेका थिए । बाह्रौँ मिनेटमा रिभरसाइडका जर्सी नं ११ का दिपेश आलेले एक गोल गरेर खेललाई बराबरीमा ल्याए । खेलको १८औँ मिनेटमा दोभानका श्रेष्ठले पुनः एक गोल गर्दै टिमलाई जिताएका थिए ।
प्रतिस्पर्धात्मकरूपमा भएको खेलका विजेता रिभरसाइडले रु एक लाख ११ हजार १११ र ट्रफी हात पार्न सफल भएको छ भने उपविजेता रिभरसाइडले रु ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी रिभरसाइडका सरोज योञ्जन, सर्वाधिक गोलकर्ता रिभरसाइडकै दिपेश आले र उत्कृष्ट गोलरक्षक दोभान युवा क्लबका शिव श्रेष्ठ घोषित भएका छन् ।
शनिबार नै भएको सेमिफाइनलमा बागबजार युवा क्लबलाई ३–१ ले पराजित गर्दै रिभरसाइड फाइनलमा प्रवेश गरेको थियो भने ठूलोगाउँ युवा क्लबलाई २–० ले पराजित गर्दै दोभानले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताएका थिए ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले युवाको प्रतिभा प्रस्फुटन गर्न खेलकूदले सहयोग पु¥याएको चर्चा गर्दै गाउँपालिकाले गर्नुपर्ने काम युवा क्लबले गरेर उदाहरणीय कार्य गरेको बताएका छन् । युवालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले फागुन १८ गतेदेखि शुरु भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
झापा कप: दार्जिलिङलाई हराउँदै इटहरीको जागृति सेमिफाइनलमा
पुष २, २०८१ मंगलबार
दशाैं राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता फाराम भर्ने म्याद थप
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार