भीडभाडमा नजान सरकारको अपिल,कोरोना विरुद्धको सचेतना चलाउने नाउँमा जनभेटघाट कार्यक्रम
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार १९:२०:१९
२५ फागुन काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण हुन नदिने गरी देशभरी थालिएका अभियान सफल पार्न जिल्ला प्रशासन कार्यालय बागलुङसहित सरोकारवाला निकायले पनि अभियान थालेका छन् ।
राजनीतिक दलले यो अभियानलाई प्राथमिकतामा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्ण बैठक र काँग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि कोरोना सङ्क्रमणबारे सचेत बन्ने विषयले छलफलको समय पाएको थियो । नेकपाले आगामी चैत १ गतेदेखि थाल्ने भनेको पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानमा पनि कोरोना विरुद्धको सचेतना चलाउने बताइएको छ । पार्टी अध्यक्ष ईन्द्रलाल सापकोटाले यो अभियान जनभेटघाट मात्र नभइ स्वास्थ्य शिक्षा दिने खालको पनि हुने बताए । हरेक घरमा सरसफाइबारे चेतना दिने, स्वच्छ खानपान, बाहिरी सम्पर्कबाट बच्ने विषयको पर्चासमेत बनाएर घर–घरमा बाँड्ने तयारी गरिएको उनले बताए ।
काँग्रेस बैठकमा पनि कोरोना सङ्क्रमणबारे कार्यकर्ता र जनता तहमा अभियान चलाउनुपर्ने बहस चलेको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले बताए । पार्टीको पदाधिकारी चयन, विभाग गठनलगायतका लागि थापाकै अध्यक्षतामा कार्यदलसमेत बनेको उनले बताए । उक्त कार्यदलले पार्टीको विवाद मिलाउनेदेखि आम जनतालाई स्वास्थ्य शिक्षामा साथ दिने कामसमेत गर्ने बताइएको छ ।
प्रशासनले भने सार्वजनिक कार्यक्रम तथा सभा सञ्चालन नगर्न र आम नागरिकलाई पनि भीडभाडमा नजान अपिल गरेको प्रजिअ गौलोचन सैंजुले बताए । उनले कारागारका बन्दीलाईसमेत स्वास्थ्यको ख्याल गर्न र सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको जानकारी दिए । क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी भएकाले घटाउँदा स्वास्थ्य समस्या कम हुने सुझावसमेत आए पनि त्यो भने सम्भावना नहुने उनले बताए ।
सङ्क्रमणबाट बचाउने अभियानकै लागि अधिकांश विद्यालयले यही फागुन २८ गते देखिनै परीक्षा सञ्चालनको तयारी गरेका छन् । आगामी चैत ५ गतेभित्र परीक्षा सकेर एक महिना लामो बिदा दिने विद्यालयको तयारी छ । सरकारले पनि यो अभियानको थालनी गरेकाले सबै विद्यालयमा तयारी भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार