काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सडक विस्तारमा समस्य
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २०:४:४६
२५ फागुन, काठमाडौं । विस्तारका क्रममा रहेको चावहिल–साँखु सडकमा थली, सलम्बुटालगायतका स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो । सडकको चौडाइ बढाइएका क्षेत्रमा सडक निर्माण अघि बढे पनि विस्तार हुन नसकेका स्थानका सडकमा काम हुन नसकेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
सो सडकमा अहिले ठाउँठाउँमा गरी झण्डै दुई किमी सडकमा निर्माण शुरु हुन नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनका अनुसार सङ्गठीत रुपमा जग्गा र घर हटाउन नमानेका स्थानमा अहिले कालोपत्र गर्न बाँकी छ । त्यहाँ सडकका अरु पूर्वाधार निर्माण समेत हुन सकिरहेका छैनन् । उनले भने, “अरु स्थानमा निर्माण सकिँदासम्म यहाँ के गर्ने भनी निर्णय हुनसक्छ ।”
उपत्यकाका अरु १० स्थानमा जस्तै विसं २०७२ मा सो सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडकसँगै घरजग्गा भएका स्थानीयवासीले सडक निर्माणका लागि जग्गा दिन नमानेपछि सडक अवरुद्ध भएको थियो । सरकारले सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले उपलब्ध चौडाइमै काम गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार सडक निर्माण गर्दा झण्डै आधामा मापदण्डानुसार (२२ मिटर चौडाइ) कायम हुने र आधामा हुन नसक्ने देखिएको छ । कतिपय स्थानमा मापदण्डभन्दा कम चौडाइमा पनि कालोपत्र भइरहेको छ । चौडाइ सातआठ मिटर मात्रै उपलब्ध हुने स्थानमा भने निर्माण अघि बढ्न सकिरहेको छैन । यहाँका जनप्रतिनिधिले स्थानीयवासीसँग पटक–पटक समन्वय गर्दै सडकको चौडाइ बढाउन पहल गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार