मास्क वितरण संगै अबीरको सट्टा फूल दिएर फागु मनाईदै
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २१:३:४७
२५ फागुन, काठमाडौं । सामाजिक सद्भावको सन्देशलाई प्रगाढ बनाउने समानताको पर्व होली पर्वको आगमनसँगै मिथिलाञ्चलमा रौंनकता छाएको छ । भव्य एवं आकर्षक ढङ्गले पर्व मनाउन आवश्यक सामग्रीको किनमेलका साथै खासगरी ग्रामीण क्षेत्रमा होलीको गीतले वातावरण गुञ्जयमान भएकाले रौंनकता छाएको हो ।
यो पर्वलाई असत्यमाथि सत्यको जितका रुपमा लिइन्छ । आपसी प्रेम प्रतीकका रुपमा रहेको यसपर्वको माध्यमबाट एकापसका भातृत्वको भावना जागिृत गर्नु नै मुख्य उद्देश्य हो । समाजका सबै वर्ग र समुदाय एकापसमा मिलेर रङ्ग अबीरको माध्यमबाट उज्जवल भविष्यको कामनाका साथै आपसी प्रेम सधैँ बनिरहोस् भनि कामनाका साथ पर्व मनाइने गरिएको छ ।
खासगरी, जनकपुरधाममा मध्यमिथिला डोला परिक्रमाको सहभागीद्वारा जनकपुरधामको अन्तगृह परिक्रमा समापन गरेको भोलिपल्ट होली मनाउने गरिएको छ । ग्रामीण क्षेत्रमा सरस्वती पूजाको दिनदेखि बेलुकीको समयमा होलीको पारम्परिक गीत, जोगिरा गाएर होली पर्वको शुभारम्भ हुनेगर्छ । तर, बढ्दो शहरीकरणसँगै पारम्परिक र व्यस्तताका कारण पूर्ववत् रुपमा मनाइने गरिएको होली पर्व लोप हुन थालेको छ ।
कोरोना भाइरसबाट जोगिनका लागि भिडभाड नगर्न स्थानीय प्रशासनले आग्रह गरेपछि विगतको तुलनामा होली पर्व मनाउनेको उत्साहमा केही कमी आएको महसुस गरिएको छ । तर, होलीपर्व आफ्ना परिवार, इष्टमित्रसँग रुघाखोकी, सर्दी नलागेका व्यक्तिसँग सामान्य ढङ्गले मनाउन सकिने चिकित्सकहरुले पनि सुझाव दिएपछि पर्व मनाउने उत्साहित छन् ।
सोही विषयलाई मध्यनजर गर्दै जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप)ले यसवर्ष मनाउन लागेको फागु गीतको प्रतियोगिता र महामूर्ख सम्मेलनमा सहभागीबीच मास्क वितरण र अबीरको सट्टा पूmल दिएर होली पर्व मनाउन लागिएको सो परिषद्का अध्यक्ष परमेश झाले बताए । ग्रामीण क्षेत्रमा होली पर्वका दिन मानिस एक ठाउँमा एकत्रित भएर बाजागाजाका साथ पारम्परिक होलीका गीत, जोगिरा गाउँदै प्रत्येकको घरघरमा पुगेर शुभआशिष दिने गर्छन् ।
यस पर्वका अवसरमा मलपूवा, दालपुरी अनिवार्य रुपमा पकाइन्छ । घरको कूलदेउतासहितका देउतालाई प्रसादको रुपमा अर्पन गरिन्छ । धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा रहेको होली पर्वमा केही विकृति पनि भित्रिएको देखिएको छ । असत्यमाथि सत्यको जितको खुशीयाली मनाइने यस पर्वमा नशालु पदार्थ भाङ र रक्सी खानेको सङ्ख्या बढ्नु चिन्ताको विषय देखिएको छ । होलिकाको मृत्यु अर्थात असत्यमाथि सत्यको जितको खुशीमा यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार