‘मौसमी फ्लुको समय हो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन’ !
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २१:५९:३४
२५ फागुन काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको शङ्कामा अस्पतालमा उपचार गर्न आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको भन्दै मानिसहरूलाई त्यसरी नआत्तिन बरू त्यसबारे सचेत रहन चिकित्सकहरूले सुझाव दिएका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रका चिकित्सक डा. शेरबहादुर पुन अनुसार खासगरी कोरोना भाइरस र अन्य रोगको लक्षण पनि उस्तै हुने गरेकोले बिरामीहरू बढी आत्तिएको पाइएको चिकित्सकहरूको अनुभव छ। तर अहिलेकाे समय भनेकाे मौसमी रुघाखोकी देखापर्ने भएकोले रुघाखोकी वा सामान्य ज्वरो देखा पर्दैमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा अस्पताल गइहाल्नु नपर्ने बताए ।
पछिल्लो समय कोरोनाभाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा देखिएका बेला उक्त भाइरसलाई लिएर मानिसमा सन्त्रास फैलिएको देखिन्छ। तर नेपालमा सङ्क्रमित नदेखिएका बेला मानिसहरू सचेत हुनुपर्ने तर आत्तिनु नपर्ने डा.पुनले बताएका छन । कोरोनाभाइरसको लक्षण पनि अन्य फ्लुसँग मिल्दोजुल्दो भएकोले मानिसहरूलाई शङ्का लाग्नु स्वभाविक भएपनि नआतिन उनले आग्रह गरेका छन् । तर खोकी लागेको, ज्वरो आएको र छाती दुखेको वा सास फेर्दा असजिलो भएको महसुस भए मात्रै कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने उनले बताए ।
यता जनस्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा वैज्ञानिक डा. समीरमणि दीक्षितले पनि मानिसहरूले रुघाखोकी लाग्दैमा कोरोना भाइरसको शङ्का गर्न नहुने बताएका छन् । खासगरी ज्वरो आएको, खोकी लागेको र उमेर ६० नाघेको भए मात्रै जोखिम बढी हुने उनले बताए । चिसो मौसममा भाइरसको सङ्क्रमण हुनसक्ने जोखिम धेरै रहन्छ। तर यसलाई हाम्रो सन्दर्भमा हेर्नु आवश्यक छैन। मौसमी रुघाखोकीको समय भएकोले त्यस्तो बेला घरेलु उपचार गर्दा पनि हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार