महिला दिवसलाई सचेतना दिवसका रुपमा मनाउन अपिल
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २२:५५:५१
२५ फागुन, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्षको अन्तरराष्ट्रिय महिला दिवसलाई कोरोना भाइरसविरुद्धको सतर्कता र सचेतना दिवसका रुपमा मनाउन अपिल गरेका छन् ।
अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले भेला, सभा र सम्मेलन नगर्न आग्रह गरेको जनाएका छन् । महिला सशक्तीकरण र आत्मसम्मान उत्सवका रुपमा विश्वमा मार्च ८ लाई मनाइने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपालमा महिला सशक्तीकरण र आत्मसम्मान उत्सव मात्रै नभएर राजनीतिक चेतना र जागरण विस्तारका अवसरका रुपमा मनाइँदै आएको सन्देशमा उल्लेख गरेका छन् ।
“जहानियाँ राणा शासन, निरङ्कुंश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष निकै अविस्मरणीय छ, ती अध्याँरा र अप्ठ्यारा दिनमा मार्च ८ को विशेष महत्व थियो”, सन्देशमा भनिएको छ ।
लोकतान्त्रिक आन्दोलनको दायरालाई फराकिलो बनाउन र उत्कर्षमा पु¥याउन महिला दिवसका सन्दर्भमा आयोजना भएका कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले महिलाको सक्रियता, जुझारुपन र अठोटको उनले सन्देशमा हार्दिक सम्मान व्यक्त गरेका छन् । “अझै नेपाली महिला बोक्सी, छाउपडी र दाइजो जस्ता कुरीतिको शिकार भइरहेका छन्, यस्ता कुरीति हटाउन सबै हातेमालो गरेर अघि बढ्न जरुरी छ”, सन्देशमा उल्लेख गरिएको छ ।
मुख्यमन्त्री पोखरेलले संविधानको सफल कार्यान्वयन गर्दै समतामूलक नेपाल निर्माणको महाअभियानमा सबै एकताबद्ध भई अघि बढ्नसबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आम नागरिकमा हार्दिक अपिल गरेका छन् । साथै उनले महिला दिवसका अवसरमा सबै महिला दिदीबहिनीप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार