माल्टा र कुवेत पठाइदिन्छु भन्दै अढाइ करोड ठगी गर्ने एक जना पक्राउ
नेपालबहस संवाददाता
फागुन २५, २०७६ आइतबार २३:४५:३२
२५ फागुन, काठमाडौं । नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा र कुवेत पठाउँछु भन्दै रु दुई करोड ५० लाख ठगी गर्ने अर्घाखाँचीका ३८ वर्षीय बाबुराम श्रेष्ठलाई शुक्रबार नेपालगञ्जबाट पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले राम्रो कमाइ हुने प्रलोभन पारेर माल्टा र कुवेत पठाउने भनी ठगी गर्ने श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिएका छन् । “पक्राउ परेका श्रेष्ठले माल्टाका लागि २६ जनासँग प्रतिव्यक्ति रु १० लाख र कुवेतका लागि ३४ जनासँग प्रतिव्यक्ति छ लाख लाग्छ भनी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता बोगटीले भने । श्रेष्ठले माल्टा जानेसँग छ÷छ लाख तथा कुवेत जानेसँग तीन/तीन लाख उठाइसकेको प्रहरीले जनाएको छ ।
माल्टामा प्रतिमहिना एक हजार २०० युरो र कुवेतमा प्रतिमहिना दुई हजार २०० दिराम कमाइ हुने आश्वासन श्रेष्ठले पीडितलाई दिएका थिए । प्रहरीले पक्राउ परेका श्रेष्ठसँग विदेश पठाउन प्रयोग गरीने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिका राहदानी बरामद गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार