जिप दुर्घटनामा एक जनाको मुत्यु : घाइतेको हेलिकोप्टरमार्फत उद्धार
नेपालबहस संवाददाता
फागुन २५, २०७६ सोमबार ०:३२:५
२५ फागुन, बैतडी । आज भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज पठाइएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दार्चुला दुहू गाउँपालिकाका ३८ वर्षीय हरकसिंह बडाल र ४१ वर्षीय प्रेमबल्लभ जोशीलाई नेपालगञ्ज लगिएको हो ।
बडाल र जोशीको बैतडीमा उपचार हुन नसक्दा डडेल्धुरा लगिएकामा त्यहाँ पनि उपचार हुन नसकी हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले बताए । उनीहरुको टाउकामा गहिरो चोट लागेको छ ।
धनगढीबाट दार्चुला जाँदै गरेको सुप ००१ज१२५७ नंको जीप आज दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा परेको हो । दुर्घटनामा जीप चालक ३५ वर्षीय धनसिंह बडालको घटनास्थलमा नै मृत्यु भएको थियो । चालकको शवपरीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
यसैबीच दुर्घटनामा परी घाइते भएका दार्चुला दुहूकै २३ वर्षीय सुरेन्द्र बम, २० वर्षीया हेमन्ती बम र ४१ वर्षीय धनराज जोशीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने दुहूकै २२ वर्षीया द्रौपदी जोशीको पाटनमा उपचार भइरहेको जनाएको छ । दुर्घटनाग्रस्त जीप सडकबाट २५० मिटर तल खसेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार