कोरोना बिरुद्ध शर्माले ल्याए जनचेतनामुलक गीत
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १६:२५:७
२६ फागुन काठमाडौं । कोरोना भाइसको माहामारीबाट विश्वभरका जनताहरु आंतकित बनेका छन् । नेपालमा पनि यो भाइरस भित्रन सक्ने भन्दै बिभिन्न निकायबाट बिभिन्न कार्यहरु गरिदै आएका छन् ।
यसैबीच कलाकारहरु पनि यो भाइरसबाट जोगिनका लागि बिबिध जनचेतामुलक सन्देश फैलाउने कार्यमा लागि परेका छन् । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सहकार्यमा सन्देशमुलक गीत बजारमा ल्याएका छन् ।
गायक शर्माको परिवारले अभिनय गरेको उक्त भिडियोले कोरोना भाईरसको संक्रमणबाट जोगिनका लागि गर्नुपर्ने यावत कुराहरुको बारेमा चर्चा गरिएको छ । २ मिनेट लामो उक्त भिडियोमा भाइरसबाट सचेत हुनुपर्ने भन्दै हात धुनुपर्ने, खानेकुरा पखालेर खानुपर्ने, सकेसम्म भिडभाडमा नजाने, बाहिर जाँदा माक्सको प्रयोग गर्नुपर्ने लगायतका बिषयमा चर्चा गरेका छन् ।
शर्माले यसअघि कोरोना भाइसको संक्रमण विश्वभर फैलिएपछि न्यूनीकरण नहुँदासम्म आफू विदेशका कार्यक्रममा नजाने समेत बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
मदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार