ओलीको डिस्चार्ज यही साता
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार १९:१६:५
२६ फाल्गुण, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा तीव्र सुधार भईरहेकोले उनलाई छिट्टै डिस्चार्ज हुन चाहेपनि चिकित्सकले संभावित संक्रमणको त्रासले तत्काल सम्भव नहुने बताएका छन् ।
हिजो आइतबार प्रधानमन्त्री ओलीले राम्रैसँग खाना खाएको र फिजियोथेरापी पनि सहजरुपमा गर्नु भएकाले डिस्चार्ज गर्न दवाव दिइएको हो । प्रधानमन्त्री ओलीले नै डाक्टरहरुलाई अब आफू सरकारी निवास बालुवाटारमै बसेर आराम गर्न चाहेको बताएको स्रोतको भनाई छ ।
तर चिकित्सकहरु भने तत्कालै यस्तो निर्णय लिन गाह्रो हुने पक्षमा छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार, चिकित्सकहरुले संभावित संक्रमणबाट जोगिन अरु केही दिन अस्पतालमै बस्दा राम्रो हु्ने सुझाव दिएका छन् ।
तर प्रधानमन्त्रीले धेरै कर गर्नु भयो र स्वास्थ्यले साथ दियो भने यो हप्ताको अन्त्यसम्म डिस्चार्ज गर्न सकिने डाक्टरहरुको भनाई रहेको पनि स्रोतले बतायो । प्रधानमन्त्री ओलीसँगै भाञ्जी समीक्षा संग्रौलालाई समेत डिस्चार्ज गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार