वायु सेवा सञ्चालकहरु सुविधा कटौती गर्ने निर्णयमा, श्रमिकको रोजीरोटीमाथि खेलबाड नगर्न सङ्गठनको चेतावनी

नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार २०:१६:३३

२६ फागुन काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न आग्रह गरेका छन् ।
पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक सङ्गठन युनिट्राभले आज विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको कारण देखाउँदै श्रमिकको कटौती गर्ने केही कम्पनीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएकाले दैनिक जीवनयापनमा कठिनाइ उत्पन्न भइरहेका बेला एयरलाइन्सलगायत पर्यटन श्रमिकको रोजगारी खोस्ने काम कोही कसेले नगर्न चेतावनी दिएको हो ।
कोरोनाको प्रभावले आन्तरिक उडानमा असर परेको र उक्त क्षेत्रमा करिब रु चार अर्बको क्षति पुग्ने भन्दै वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले यही फागुन २३ गते विज्ञप्ति निकालेर कर्मचारीको सुविधा कटौती तथा खर्च व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।
वायुसेवा सञ्चालकले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन र बैंक तथा वित्तीय संस्थाबाट अमेरिकी डलर र नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्तालिकीकरण तथा पुनःसंरचनाको व्यवस्था गर्न पनि माग गरेका थिए ।
मजदूर सङ्गठनले कर्मचारी कटौतीदेखि सेवा सुविधा कटौती गर्ने कार्यलाई सचेत गराउँदै लेखेको छ, “एयरलाइन्सदेखि अन्य क्षेत्रमा कर्मचारी कटौती, पारिश्रमिक कटौती, सेवा सुविधामा कटौती, बेतलबी बिदा दिनेसम्मका विषय विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भइरहेका छन्, सतर्कता अपनाउनुभन्दा पनि हावा फिंजाएर पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल्स, एयरलाइन्स, संस्कृतिलगायत अन्य क्षेत्रका सङ्घ संस्थाका श्रमिक कटौती, बेतलबी बिदा, पारिश्रमिक कटौती र अन्य सेवा सुविधा कटौती गर्ने एकतर्फी निर्णय हाम्रो सङ्गठनलाई मान्य हुनेछैन ।”
विश्वव्यापी सङ्कटका बेला नेपाली श्रमिकको दैनिकीलाई अझै सङ्कटमा धकेल्ने प्रयास गरी कोही कसैले श्रमिकको रोजीरोटीमाथि खेलबाड गरेको खण्डमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने सङ्गठनले सचेत गराएको छ । साथै, सङ्गठनले कोरोनाका कारण पर्यटन क्षेत्रमा पुग्न गएको क्षतिप्रति पनि दुःख व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार