होली कोरोना भाइरसले खायो, सडक र बजारमा शून्यता छायो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २६, २०७६ सोमबार २०:२:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/holi-2_RzFq9bJVxC.jpg)
कोरोनाको संन्त्रासमा ‘सात्विक’ होली
२६ फागुन काठमाडौं । विगत वर्षका होलीमा कलाकार र दर्शकबीच उल्लासपूर्ण रुपमा होली मनाउँदै आएका हास्य कलाकार मनोज गजुरेलले यसवर्ष घरमै आफन्तबीच सादा होली मनाए । “यस पटक सात्विक होली भयो, न रङ्ग, न रस, न उमङ्ग घरमै सामान्यरूपमा आफन्तहरुसँग दङ्ग”, कलाकार गजुरेलले भने, “यस पटकको होली कोरोना भाइरसले खायो, सडक र बजारमा शून्यता छायो ।”
विश्वव्यापी प्रभावमा रहेको कोरोना भाइरस नेपालमा भित्रिएको नपाइए पनि सम्भावित जोखिमबाट बच्न भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ, अबीर दल्ने कार्य नगर्न र नगराउन गृह मन्त्रालयले यसअघि नै जारी गरेको सार्वजनिक सूचनाका कारणले पनि यस पटकको होली सामान्य बनेको हो । मन्त्रालयले भीडभाडमा जाँदा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको थियो ।
सरकार र सामाजिक क्षेत्रका अगुवाले गर्ने यस प्रकारको अपिललाई सर्वसाधारणले सहजै ग्रहण गरे र होलीका नाममा हुने उमङ्गलाई सामान्यरुप दिए । आज बिहानै कलाकार गजुरेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा होली नमनाउन यसरी आग्रह गरेका थिए ।
कोरोना भाइरसको जोखिमप्रति सचेतना दिँदै कवि एवं सञ्चारकर्मी डा नवराज लम्सालले पनि “यसपालि फागु नखेलौँ, पुरानै फोटोले चित्त बुझाऔँ” भन्दै पुरानै तस्वीर पोष्ट गर्नुभयो । अन्य धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि होलीमा विगतमा जस्तो रङ्गिन तस्वीर समावेश गरेको पाइएन । काठमाडौँ उपत्यकाका सडक, चोक र घरहरुमा छतबाट पानीमा बाल्टिन नै खन्याउने, सडकमा समूह जम्मा गरेर रङ्ग दल्ने र फाल्ने तथा नाचगान गर्ने गरेका दृष्य देखिएनन् ।
सडकमा केही मानिस मात्रै रातो र अबीर लगाएर हिँडेको देखियो । रङ्गहरुको पर्व होली ‘फागु’का नाममा हुने विकृति र उच्छृङ्खल गतिविधि यस वर्ष नदेखिएकाले सुरक्षाको प्रबन्धमा प्रहरीलाई पनि सायदै सहज नै भयो । विश्वव्यापी कोरोना भाइरसको प्रभाव र समाजमा क्रमशः शान्तिपूर्णरुपमा यस्ता पर्व मनाउने चेतना फैलिएका कारण विगत वर्षमा जस्तो यस वर्षको होली शान्तिपूर्ण देखियो । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने यो पर्वमा यस पटक धेरैले घरमै सामान्य, सौम्य र शान्तिपूर्णरुपमा मनाए ।
काठमाडौंस्थित महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले पहिलेको तुलनामा यस वर्षको होली पर्व मनाउने सङ्ख्यामा कमी आएकाले कुनै घटना नभएको बताए । उनले सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरी भने परिचालन गरिएको जनाउँदै होली पर्वमा सम्भावति दुर्घटना हुनबाट रोक्न उपत्यकामा करिब दुई हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिए ।
“यसवर्ष कोरोनाका कारणले प्रशासनले पनि होली नमनाउन भनेपछि धेरै मानिस सडकमा छैनन्”, उनले भने, “तै पनि हामीले सुरक्षा व्यवस्था मजबुत बनाएका छौ ।” उनका अनुसार मध्यान्हसम्म जबरर्जस्ती होली छ््याप्ने, हुलहुज्जत गर्ने १५ जनालाई नियन्त्रणमा लिइएको छ । कोरोनाको जोखिमका कारण उपत्यकाका प्रमुख ठाउँ सुनसान छन् । वसन्तपुरमा भने होली मनाउन केही मानिस जम्मा भएका छन् । प्रहरी प्रवक्ता बोगटीका अनुसार करिब ५०० को सङ्ख्यामा वसन्तपुरमा मानिस जम्मा भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले पनि होलीमा सम्भावित सवारी दुर्घटनालाई ध्यान दिई सवारी जाँचलाई कडा पारेको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको रौनक त्यति नभए पनि सवारी जाँचलाई कडा पारिएको बताए। उनका अनुसार उपत्यकामा ७५ स्थानमा सवारी जाँच गर्नका लागि करिब ५६६ ट्राफिक प्रहरी परिचालन गरिएको छ । यसैगरी जथाभावी सवारी चलाउने, कागजात बिना चलाउनेलाई नियन्त्रण गर्न १४ वटा मोबाइल टोलीसमेत परिचालन गरिएको उहाँले जानकारी दिए । उनका अनुसार चारदेखि छ जनाको टोलीमा ती स्थानमा ट्राफिक परिचालन गरिएका छन् ।
उनले अहिलेसम्म नियमविपरीत सवारीसाधान चलाउने ५० जनालाई कारवाही गरिएको छ भने छ मादकपदार्थ सेवन गरेकालाई नियन्त्रणमा गरिएको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गर्ने, हेल्मेट नलगाउने, तीन जना मोटरसाइकलमा बसाउने, तीव्रगतिमा सवारीसाधन चलाउनेलाई नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशनिबार बुढानीलकण्ठ मन्दिर : भक्ति, शान्ति र परम्पराको जीवन्त चित्र
फागुन ३, २०८१ शनिबार
प्रेम दिवसमा फूलहरूसँगै खुसी डेलिभर: फाेटाे फिचर
फागुन २, २०८१ शुक्रबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार