होली पर्वको अवसरमा जथाभावी सवारी चलाउने दुई हजार चालक कारवाहीमा
नेपालबहस संवाददाता
फागुन २६, २०७६ मंगलबार २:४७:३२
२६ फागुन काठमाडौं । ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज होली पर्वको अवसर पारेर जथाभावी सवारी चलाउने चालकलाई कारवाही गरेको हो ।
कारवाही पर्नेमा एक हजार ६४५ दुईपाङ्ग्रे तथा २९६ चारपाङ्ग्रे सवारीसाधन छन् । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, क्षमताभन्दा धेरै राखेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना राखेर चलाउने तथा ठूलो आवाज निकालेर तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए।
ट्राफिक प्रहरीले होली पर्वका अवसरमा बिहान ७ देखि साँझ ७ बजेसम्म ७६ स्थानमा विशेष जाँचको व्यवस्था गर्नाका साथै १४ वटा मोबाइल भ्यानबाट समेत जाँच गरेको थियो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले होलीको समयमा ठूला दुर्घटना नभए पनि २० वटा दुर्घटना भएको जानकारी दिए। उक्त दुर्घटनामा १९ जना सामान्य घाइते भएको उनले बताए । ५६६ ट्राफिक प्रहरीलाई काममा खटाएको थियो ।
‘उत्कृष्ट चालक र सहचालकलाई पुरस्कार दिइने’
चन्द्रागिरि यातायात प्रालिले सडक दुर्घटना नगराउने उत्कृष्ट चालक तथा सहचालकलाई पुरस्कार दिने भएको छ । प्रालिले आज यहाँ चालक तथा सहचालक प्रशिक्षण कार्यक्रममा ट्राफिक नियम पालना गर्ने चालक र सहचालकलाई पुरस्कार दिने घोषणा गरेको हो ।
सो प्रालिका अध्यक्ष गौतम श्रेष्ठले यात्रुलाई राम्रो सेवा प्रदान गर्ने चालक तथा सहचालकलाई प्रत्येक महिना रु तीन हजारका दरले पुरस्कार दिने घोषणा गरे । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले सार्वजनिक सवारीसाधनलाई मर्यादित र सुरक्षित बनाउन चालक तथा सहचालकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले मादक पदार्थ सेवन, लागुऔषध सेवन गरी सवारी चलाउनेविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा चलाएको बताउँदै सजक र संयम भएर सवारी चलाउन आग्रहसमेत गरे ।
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीका प्रमुख, प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले चालक र सहचालकलाई पुरस्कार दिँदा उनीहरुमा हौसला बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । चन्द्रागिरि यातायात हाल चन्द्रागिरिबाट रत्नापार्क चल्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
स्याङ्जाकै उत्कृष्ट कृषि सहकारी
कात्तिक २१, २०८१ बुधबार
२७९ इलेक्टोरल भोट कटाएर ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित, आधिकारिक घोषणा गरिँदै
कात्तिक २१, २०८१ बुधबार
सिङ्गारिँदै सिरहाका छठ घाट, मूल्य वृद्धिको मारमा भक्तजन
कात्तिक २१, २०८१ बुधबार
विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्याण्ड ६७ रनले पराजित
कात्तिक २१, २०८१ बुधबार
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछाल
कात्तिक २१, २०८१ बुधबार
बिश्व बैंकको ७२ अर्ब सहयोगमा बन्न लागेको पाँच आयोजना फास्ट ट्रयाकबाट सम्पन्न गरिने
कात्तिक २१, २०८१ बुधबार
सामाजिक सञ्चाल ‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
कात्तिक २१, २०८१ बुधबार
राष्ट्रिय योजना आयोगमा सिर्जना गरिएको विशेष पदमा नै हाजिर हुने भए बैकुण्ठ अर्याल
कात्तिक २१, २०८१ बुधबार