कोरोना भाइरसको त्रासबीच विश्वका प्रमुख बजारमा हलचल
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १५:४:५६
२७ फागुन एजेन्सी । साउदी अरेबियाले तेलको उत्पादन बढाउने निर्णय गरेपछि तेलको मूल्य नाटकीय रूपमा ओरालो लागेको छ र बजारहरूमा पनि हलचल भएको छ।
साउदी अरेबियाली कदम र कोरोना भाइरस सङ्क्रमणको त्रासको असर अन्तर्राष्ट्रिय बजारमा पनि पर्न थालेको छ। विश्वभरि कोरोना भाइरसको त्रास बढ्दै गर्दा तेलको मूल्य ओरालो लागेपछि त्यसको असर विश्व बजारमा पर्न थालेको हो।
सोमवार बजार खुलेलगत्तै अमेरिकाको न्यूयोर्क र ब्रजिलको साओपाओलोका शेयर बजारहरूमा पनि गिरावट आएका विवरण प्राप्त भएका छन्। युरोपेली बजारमा असर देखिँदै गर्दा ब्रिटेनको मुख्य शेयर सूचकाङ्कले विश्व आर्थिक सङ्कट भएयताकै खराब दिनको सामना गरेको छ।
प्रमुख व्यापारिक फर्महरूले अर्बौँको घाटा बेहोरेका छन्। तेलको मूल्यमा पनि २० प्रतिशतले गिरावट आएको छ र बेन्टको कच्चा तेलको मूल्य प्रति ब्यारेल ३६ डलरभन्दा कममा झरेको छ।
युरोपेली बजारमा आठ प्रतिशतले गिरावट आएको छ। त्यसअघि एशियाका सट्टा बजारले पनि ठूलो घाटा सहेका थिए।न्यूयोर्कको बजारमा पनि त्यसको असर पर्न सक्ने चिन्ता बढेको छ। तेल उत्पादन बढाउने साउदी अरेबियाको एकपक्षीय निर्णय र कोरोनाभाइरसको प्रकोपका कारण व्यापारिक गतिविधिमा परेको प्रभावका कारण तेलको मूल्य त्यसरी तल झरेको हो।
शेयर बजारमा धक्का
कोभिड-१९ को आर्थिक असरलाई लिएर गहिरो रुपमा चिन्ता व्यक्त भइरहेका बेला अमेरिकी शेयरबजारमा ठूलो धक्का लागेको छ। अन्तर्राष्ट्रिय ऊर्जा निकायले सन् २००९को आर्थिक सङ्कट सकिएपछि पहिलो पटक तेलको माग कम हुने भविष्यवाणी गरेको छ।
तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र रुस तेल उत्पादन कटौती गर्ने विषयमा सहमत नभएपछि बजारमा तेलको परिमाण बढ्ने सम्भावना बढेको छ। तेल निर्यातकर्ता देशहरूको मुद्रा पनि अवमूल्यन हुन थालेको छ। रुसी रुबल अमेरिकी डलरको तुलनामा छ प्रतिशतले तल झरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार
थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार