रोल्पामा स्मार्टबोर्डबाट पठन पाठन भएपछि छात्रछात्रा खुशी
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १५:५३:४६
२७ फाल्गुण, काठमाडौं । रोल्पा जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ ।
शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो । स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा औधी खुशी भएका छन् । किताब पढ्दा नबुझेका कतिपय कुरा स्मार्टबोर्डबाट अध्ययन गर्दा सहजै बुझिने गरेको कक्षा ९ का छात्र पुष्पराज शर्माल शर्माले बताए ।
“श्रव्यदृश्यका माध्यमबाट पठनपाठन हुँदा छात्रछात्रले पनि रमाइलो मानेर ध्यानपूर्व सुन्ने गर्दछन् । चक, डस्टर तथा मार्करको प्रयोग कम हुँदा हामीलाई समेत सहजता भएको छ । ” शिक्षक टेकनाथ आचार्यले भने ।
हाल विद्यालयको कक्षा ९ का पाँच र कक्षा १० का चार गरी नौ सेक्सनमा स्मार्टबोर्ड जडान गरिएको सहायक प्रधानाध्यपक लेखमणि खड्काले जानकारी दिए । प्रयोगको प्रभावकारिता हेरेर आगामी वर्ष थप कक्षामा विस्तार गर्दै लगिने विद्यालयले जनाएको छ ।
“प्राविधिक ज्ञान तथा अभ्यस्तताको अभावका कारण सबै शिक्षकले स्मार्टबोर्ड प्रयोग गर्न नजान्दा विद्यालयको सबै कक्षामा जडान गर्न सकिएको छैन”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने । गणित शिक्षणका लािग स्मार्टबोर्ड निकै सहयोग भएको छ, सो विद्यालयका गणित शिक्षक एलएम आचार्यले भने, “ग्राफ, रेखा र चित्र बनाउन निकै सहज हुन्छ ।”
छात्रछात्राको अत्यधिक चाप रहेको सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ सम्म दुई हजार ६०० विद्यार्थीले अध्ययन गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार