सामूहिक बलात्कार कसूरमा चार युवकलाई १० वर्ष कैद

नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १६:०:७

२७ फाल्गुण, काठमाडौं । जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो ।
फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ ।
पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४ फागुन २८ गते उजुरी दिएकि थिइन् । सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
मिनी बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते
पुष १, २०८१ सोमबार
मोटरसाइकल तीनजना सवार हुँदा...
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महिला यु–१९ एसिया कप : वर्षाले नेपाल र श्रीलङ्काबीचको खेल अवरुद्ध
पुष ४, २०८१ बिहिबार
टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै जनकपुर
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
पाँचपोखरीमा बृहत् स्वास्थ शिविर सम्पन्न
पुष ४, २०८१ बिहिबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार