हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ ले लिए सेवा
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १८:३९:५५
२७ फागुन, सिरहा । सिरहाको लहानस्थित सप्तऋषि अस्पतालको आयोजनामा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा १५१ जनाले स्वास्थ्य सेवा लिएका छन् । लहान नगरपालिका र नेपाल ट्रमा सोसाइटीको समन्वय तथा इम्प्याक्ट नेपालको प्राविधिक सहयोगमा सप्तऋषि अस्पतालद्वारा सञ्चालित पाँच दिने शिविरमा ५७ जनाले निःशुल्क पलास्टर र १७ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् ।
अन्य ७७ जना बिरामीले निःशुल्क स्वास्थ्य चेकजाँच गराएको सप्तऋषि अस्पतालका मेसु डा सुभाषबाबु साहले जानकारी दिनुभयो । शिविरमा हात तथा खुट्टा भाँच्चिएर नजोडिएको अथवा बाँङ्गो भएर जोडिएको, शल्यक्रिया गरेर स्टिल लगाएको तथा निकाल्नुपर्ने अवस्था भएको, हात वा खुट्टा भाँच्चिएर उपचार गराउन नसकेको, शल्यक्रिया गरेर पनि हाड नजोडिएको, हाडजोर्नी सम्बन्धी कुनै पनि किसिमको शल्यक्रिया गर्नुपर्ने लगायतका बिरामीलाई स्वास्थ्यसेवा प्रदान गरेको डा साहले बताएका छन् ।
निःशुल्क शिविरमा तीनजना विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीले शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
विपन्न वर्गका विद्यार्थीलाई पढाउन सामाजिक, वित्तीय सङ्घसंस्थाको सहयोग
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार