च्याउको सुकुटी, अचार र धुलोको माग धेरै
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १९:२:०
२७ फाल्गुण, काठमाडौं । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायिकरुपमा च्याउ खेती गरिरहेकी छन् । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उनि आकर्षित भएकी हुन् । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उनले बताइन् ।
“लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र अचारको माग धेरै नै छ, माग धान्नै सकिएको छैन”, बुढाले भनिन् । च्याउको बजार देखेपछि बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका–१६ झिगौरामा ‘जलजला च्याउ प्रशोधन केन्द्र’ समेत स्थापना गर्नुभएको छ । रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ, च्याउका विभिन्न परिकार बनाएर बिक्री गर्दा अझै फाइदा हुन्छ”, उनले भनिन् । बजारमा च्याउको माग बढ्दै गएको छ ।
उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ । घरमा खानका लागि बनाइएको च्याउ कहिलेकाहीँ बिक्री गर्दा ग्राहक नियमितरुपमा सोध्न आउने गरेपछि व्यावसायिक खेती गर्न थालेको उनले बताइन् । “च्याउको अचार र सुकुटी बजारको मागअनुसार पु¥याउन सकेका छैनौँ”, बुढाले भनिन् । व्यवसायमा फाइदा देखेपछि बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेकि छन् ।
घोराही–१४ की कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा क्रियाशील छन् । च्याउको बजार राम्रो देखेपछि उनि पनि च्याउ खेतीतर्फ आकर्षित भएकि हुन् । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री गरेकि छिन् । “गत वर्ष चार सय किलो च्याउ बिक्री ग¥यौँ, च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ”, उनले भनिन् । अचार र सुकुटी खरिद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उनले सामूहिकरुपमा रु सात लाखको लगानीमा उक्त व्यवसाय शुरु गरेकि हुन् । दाङमा उत्पादन भएको च्याउ रुकुम, रोल्पा, प्यूठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ ।
कृषि ज्ञान केन्द्र दाङका शाखा अधिकृत भरतमणि पोखे्रलका अनुसार जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको छ । “च्याउको बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौ” पोखरेलले भने । जिल्लामा रहेका स्थानीय तहले पनि च्याउ खेतीका लागि तालीम तथा बीउ निःशुल्क वितरण गरेका कारण कतै एकल त कतै सामूहिक च्याउ खेती भइरहेको उनले बताइन् । जिल्लामा अधिकांश कृषकले दूधे च्याउ, गोब्रे र सीताकी च्याउ उत्पादन गर्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दाङका अधिकृत पोख्रेलले जानकारी दिए । घोराहीमा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार