सिंगो समाजमा भिजेका पदम होलीको रंग नपुछिदै विलाए
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १९:३९:३९
उत्तर विष्ट
२७ फागुन, डडेल्धुरा । केही सास बाकी होला भन्ने आसमा परिवारका सदस्यहरुले बाथरूममा वेहोस अवस्थामा रहेका पदमलाई डडेल्धुरा अस्पतालमा पु¥याए तर अस्पतालमा पुग्दा चिकित्सकहरुले मृत घोषणा गरिदिए ।
दिनभर होलीमा रमाइलो गरेका भण्डारीको केहीबेरपछि विभिन्न माध्यमबाट मृत्युको अपत्यारिलो खबर सुनेपछि डडेल्धुराको सिंगो युवा जगत् मर्माहत भयो । सामाजिक संञ्जालमा एकपछि अर्को गर्दै भण्डारीको श्रद्धाञ्जली लेखिएका पोष्टहरुले स्थान पायो ।
सोमबार अर्थात फागुन २६ गते पहाड क्षेत्रको होली। यसबर्ष सरकारले नोवेल कोरोना भाईरसको संक्रमण हुन नदिन पुर्व सर्तकता अपनाए संगै सामुहिक रुपमा होली नखेल्न सुचित गरेको थियो। तर, सामुहिक रुपमा नभएपनि सानो–सानो समुहमा युवाहरुले मनोरञ्जन स्वरुप एक आपसमा रंग दलेर होली मनाई रहेका थिए ।
उत्साह उमङ्ग र रंगको पर्वका रुपमा मनाईने होलीको रौनकता भने थिएन् । जिल्ला सदरमुकाम भएर पनि होला डडेल्धुराको सदरमुकाममा केही युवाहरु विहान देखी सडकमा रङ्ग दलेर होली मनाई रहेका थिए । तर होलीको रंग नपुछिदै एक होनहार युव अलप भएको खबर सुनियो । दिनभर साथीभाइसँग होलीमा रमाएर घर फर्केपछि होलीको रङ पखाल्न नपाउदै युवा विद्यार्थी पदम भण्डारी वाथरुममै मृत भेटिएको खबरले सबैलाई मर्माहत समेत बनायो ।
उनी सोमबार अपरान्ह डडेल्धुरा तुफानडाडा स्थित घरमा पुगेर नुहाउनका लागि बाथरूम छिरे । अर्कोदिन उनले जन्ती जानुपर्ने भएरपनि होला समयमै होलिको रंग पखाल्न खोजेका । तर उनी होलीको रंग पखाल्न नपाउदै अलप भए ।
डडेल्धुरा जिल्लाको विद्यार्थी राजनितिमा निकै सक्रिय युवा पदम भण्डारी जो २७ बर्षको उमेरमा अलप भए । जिल्लाको अजयमेरु गाँउपालिका वडा १ मा जन्मिएका भण्डारी सानै उमेर देखी सामाजिक काममा रुचि राख्ने स्वभावका देखिन्थे । डडेल्धुरा जिल्ला सदरमुकाममा आफ्नो पहिचान बनाई सकेका होनहार युवाको अवसानले सिंगो युवाहरुको शक्ति क्षण भएको छ।
२७ वर्षीय भण्डारी सानैदेखि सामाजिक काममा सक्रिय थिए । उनको प्रारम्भिक शिक्षा गाँउको विद्यालमा अध्ययन गरेका थिए भने उच्च शिक्षा डडेल्धुरा बहुमुखी क्याम्पसमा अध्ययनरथ थिए। समाजसेवा सँगै भण्डारी विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका थिए । नेपाली कांग्रेसको भातृ संस्था नेविसंघ डडेल्धुराको कार्यवाहक सभापति थिए उनी । राजनितिक रुपमा नेपाली कांग्रेस आवद्ध रहेपनि सिंगो समाजमा भिजेका उनी सबैका लागि पृय थिए ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले नुहाउन बाथरूम छिरेका पदमको मृत्युको कारण खुल्न नसकेको बताएका छन् । ग्यास गिजर चलाएर नुहाउन बाथरूम छिरेका पदम लामो समयसम्म बाहिर ननिस्केपछि परिवारले उद्धार गरी अस्पताल पु¥याएको उनको भनाइ छ ।
‘बाथरूममा बेहोस अवस्थामा फेला पारेपछि परिवारका सदस्यले डडेल्धुरा अस्पताल लैजानुभएको रहेछ। उनलाई बचाउन सकिएन,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । के कारणले मृत्यु भयो भन्ने खुल्न बाँकी छ।’ घटनाको अनुसन्धान भईरहेको उनले बताए ।
शव परिवारलाई जिम्मा लगाइए पछि मंगलबार विहान पदमको शवलाई डडेल्धुरा स्थित कांग्रेस पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। जहाँ नेपाली कांग्रेसका जिल्ला सभापति एवम् प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।
सोही स्थानमा प्रदेश सभा सदस्य गोविन्दराज बोहरालगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए। शवको मंगलबार नै सेतीघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जानकारी दियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार