त्रिशूूली नदीमा पक्की पुलको शिलान्यास
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार १९:५८:२९
२७ फाल्गुण, काठमाडौं । भौगालिक विकटता रहेको हाकु क्षेत्रका ग्रामीण बासिन्दालाई यातायातको सुविधा प्रदान गर्न पहिलो पटक त्रिशूूली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ ।
आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुका बासिन्दालाई यातायातको पहुँच पु¥याउन हाकुबेँशीदेखि ठूलोहाकुसम्म पहिलो पटक गत वर्ष ११ किमी मोटरबाटो निर्माण गरिएका कारण लक्षित काम पूरा गर्न गाउँपालिकाको बजेटबाट धुञ्चे, हाकुबेँशीबीच त्रिशूली नदीमा मोटरेवल बेलीब्रिज निर्माण गर्न लागिएको हो ।
सदरमुकामको नजिक रहे पनि पूर्वाधारको कमी रहेको हाकु क्षेत्रमा नेपाली सेनाले स्याफ्रुबेँशी, मैलुङ खण्डको अन्तर्राष्ट्रय राजमार्गको ट्र्याक खोले पश्चात् सहज वातावरण सिर्जना भएकाले स्थानीय बासिन्दाको आवश्यक्ता र चाहना पूरा गर्न स्थानीय सरकार गठन भएपछि मोटरबाटो निर्माणको काम अगाडि बढेको बताइएको छ ।
विकास निर्माणका सामग्री डोको नाम्लोबाट ढुवानी गर्नुपर्ने हाकु क्षेत्रमा मोटरबाटो निर्माणको साथसाथै पक्की पुल निर्माणको शुभारम्भसँगै स्थानीय बासिन्दा हर्षित भएको सेनावाङ्दी तामाङले बताए । उक्त पुल निर्माण भए पश्चात् हाकुबेँशी, पाङ्लीङ, सानोहाकु र ठूलोहाकु क्षेत्रका ७०० घरपरिवारलाई तत्काल यातायातको सुविधा पुग्ने र दीर्घकालीन रूपमा नेशिङ तथा ग्रे गाउँका बासिन्दालाई समेत मोटर बाटोले सहयोग पु¥याउने स्थानीय बासिन्दाले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता डा कोइराला
मंसिर १४, २०८१ शुक्रबार
रौतहटमा खोलामा नुहाउन गएका दुई युवकको डुबेर मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार