पशुपतिमा ‘महारुद्रयाग’ चैतमा हुने
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २०:१५:४१
२७ फाल्गुण, काठमाडौं । वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ । चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक गहुँको सातु, तिल र गाईको घिउ मिश्रण गरी हवन गरिने छ ।
प्रतिआहुतिमा आँकको समिधा पनि हवन गरिने छ । गौशाला, अजा (बाख्रा) शाला, यजमानशाला, पत्नीशाला र हविर्धान मण्डप (हवनीय पदार्थ भण्डार र शोधन गरिने ठाउँ) कैलाशचौरमै स्थापना हुने समितिका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए । महारुद्रयाग सम्पन्न गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको अध्यक्षतामा १०८ सदस्यीय आयोजक समिति गठन गरिएको छ । महामारी, उल्कापात एवं विविध दैवीविपत्ति शमन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यस्तो अनुष्ठान गर्न लागिएको आयोजक समितिका उपाध्यक्षसमेत रहेका तिमिल्सिनाले जानकारी दिए ।
यजुर्वेदको ‘शतपथ ब्राह्मण’ ग्रन्थमा उल्लेख भएको ‘शतरुद्रियं जुहोति’ र ‘अर्कपर्णेन जुहोति’ शब्दको प्रयोग नै सो महारुद्रयाग हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार