मृत मृग फेला
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २०:५०:३८
२७ फाल्गुण, काठमाडौं । रुकुम (पूर्व) मा मृत मृग फेला परेको छ । सिस्ने गाउँपालिका–५ स्थित कमलदहको छेउमै मृत पोथी मृग (रतुवा) फेला परेको हो । अन्दाजी चार÷पाँच किलोको एक वर्ष जतिको मृग मृत भेटिएको डिभिजन वन कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।
कमलदहको वरपर लगाइएको तारमा अल्झिएको अवस्थामा आज बिहान मृगलाई स्थानीयवासीले देखी डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । तारमा अल्झिएका अवस्थामा फेला परेको मृग उद्धार गर्दा मरेको अवस्थामा रहेको सहायक वन अधिकृत विनोद गायकले बताए ।
दहमा पानी खान झरेको मृग फर्कने क्रममा तारमा अल्झिएर मरेको हुन सक्ने वन कार्यालयले जनाएको छ । मृत मृगलाई आज नै डिभिजन वन कार्यालय रुकुम (पूर्व), जिल्ला प्रहरी कार्यालय, पत्रकार र स्थानीयवासीको रोहवरमा गाडिएको छ । पछिल्लो समय जङ्गलबाट मृग बस्तीतिर झर्ने क्रम बढेको छ । यससँगै माघ र फागुनमा मात्र तीन मृग फेला परेका छन् । यस अगाडि दुईपटक फेला परेका मृगलाई भने उद्धार गरेर डिभिजन वन कार्यालयले जङ्गलमा छाडेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार