प्रदेश नं ५ को कृषि मन्त्रालय र नार्कबीच समझादारीपत्रमा हस्ताक्षर
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २१:२४:५६
२७ फागुन, काठमाडौं । प्रदेशभित्र कृषि र पशुपक्षीको विकासमा सहकार्य र साझेदारी गर्ने गरी प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच समझादारी भएको छ ।
नार्कको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल सरकार, कृषि तथा पशुक्षी विकासमन्त्री घनश्याम भुषालको उपस्थितिमा प्रदेश सचिव तेजबहादूर सुवेदी र नार्कका निमित्त कार्यकारी निर्देशक डा दीपक भण्डारीले समझादारीपत्रमा हस्ताक्षर गरेका छन् । देशभरमा कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरण गर्दै आएको परिषद्सँग मन्त्रालयले आवश्यक विज्ञ सेवा लिने गरी समझदारी गरेको छ ।
प्रदेशका मन्त्री आरती न्यौपानेले सो समझदारीले प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको ‘स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सफल बनाउन सहयोग पुग्ने बताएका छन् । कृषि क्षेत्रमा स्थानीयस्तरमा स्थानीय सरकार र प्रदेश सरकारले काम गरिरहे पनि प्राविधिक जनशक्तिको अभाव रहेको उनको भनाइ छ । उनले भने, “किसानका समस्या हल गर्न र प्रदेश सरकारको योजना सफल गर्न यसले सहयोग गर्नेछ ।”
परिषद्का निमित्त कार्यकारी निर्देशक डा. भण्डारीले देश सङ्घीयतामा गएसँगै कृषि प्रविधि कसरी किसानसम्म पु¥याउन सकिन्छ भन्ने विषय जल्दोबल्दो विषय बनेको बताए । अहिले नेपाल सरकारभन्दा अरु दुई तह स्थानीय किसानसँग बढी नजिक भइरहेका उनको भनाइ छ । उनले भने, “किसानलाई प्रविधि दिने कुरामा र मन्त्रालयको कृषि प्रसार सीप बढाउन यसले सहयोग गर्नेछ ।”
प्रदेश सचिव सुवेदीले कृषि प्राविधिकलाई किसानसम्म पु¥याउनु चुनौतीको विषय भएको बताए । कृषिको प्रसार गर्ने निकाय र यसको अनुसन्धानमा कार्यरत संस्था मिलेर अघि बढ्दा त्यसले किसानलाई फाइदा पुग्ने उनको भनाइ छ । उनले भने, “आगामी दिनमा हामीले यहाँका कृषि वैज्ञानिकको अनुभव र ज्ञान लिन सक्नेछौँ ।”
सो समझदारीपत्रमा मन्त्रालयले आवश्यक पूर्वाधार निर्माण गर्न, स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत विकास र अनुसन्धानका लागि र स्थानीयस्तरमा काम गर्ने प्राविधिकको ज्ञान बढाउन बजेट छुट्टाउनुपर्ने उल्लेख छ । मन्त्रालयले किसानलाई लक्षित गरी विभिन्न सभा, सम्मेलन र वैज्ञानिक भेलालगायतका कार्यक्रम गर्ने समझदारीपत्रमा उल्लेख छ ।
दोस्रो पक्षका रुपमा परिषद्ले कार्यक्रमका लागि आवश्यक बजेट र कार्यक्रमसमेत उल्लेख गरी परियोजना प्रतिवेदन बनाउने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार