शहीद स्मारकमा सातदोबाटोको लगातार चौथो जीत
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २२:६:२१
२७ फागुन, काठमाडौं । सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार चौथो जीत हात पारेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा आज भएको खेलमा सातदोबाटोले पुल्चोक स्पोर्टस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार चौथो जीत हासिल गरेको हो ।
यसअघि सातदोबाटोले श्री कुमारी क्लब, नयाँ बस्ती युथ क्लब र टुसाल युथ क्लबलाई पराजित गरेको थियो । सातदोबाटोको जीतमा भुवन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । जीतसँगै सातदोबाटो लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोले चार खेलमा १२ अङ्क जोडेको छ ।
यता पुल्चोकको भने यो लगातार चौथो हार व्यहोर्नु परेको छ । लिगको पुछारमा रहेको पुल्चोकले अहिलेसम्म अङ्क जोड्न सकेको छैन । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा विभिन्न १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने एक टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने अन्तिम स्थानमा रहने एक टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
झापा कप: दार्जिलिङलाई हराउँदै इटहरीको जागृति सेमिफाइनलमा
पुष २, २०८१ मंगलबार
दशाैं राष्ट्रिय खेलकुद : तनहुँमा खेलाडी दर्ता फाराम भर्ने म्याद थप
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार