कर्णाली प्रदेशको अर्थ समितिद्वारा विकासे आयोजना निरीक्षण
नेपालबहस संवाददाता
फागुन २७, २०७६ मंगलबार २२:५१:८
२७ फाल्गुण, काठमाडौं । प्रदेश मताहात रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज अनुगमन गरेको हो । समितिका सभापति अमरबहादुर थापा, सदस्य वीरबहादुर शाहीलगायतको टोलीद्वारा जिल्लाका पूर्वी क्षेत्रमा रहेका विकासका आयोजनाको निरीक्षण गरिएको हो ।
प्रदेश मातहत कार्यालयबाट अघिल्लो आर्थिक वर्षमा भए, गरेका कामको निरीक्षण तथा अनुगमन गरिएको छ । सम्पन्न भनि बजेट भुक्तानी दिइसकेका विकास निर्माणका काममा अनियमितता भएको गुनासो बढेपछि समितिको टोलीले अनुगमन गरेको सभापति थापाले बताए । उनले भने, “प्रदेशबाट वितरण गरिएका सबै कार्यक्रम वितरणमुखी भएको र हुने खानेले मात्र पाएको बुझियो ।” समितिले खानेपानी, सिँचाइ, सडक, कृषिबाली अन्य व्यवसायको अनुगमन गरेको थियो । पूर्वी क्षेत्रमा मात्र दुई दर्जन अयोजना सम्पन्न भएका भनि प्रदेशका कार्यालयले भुक्तानी गरेका थिए ।
त्यस्तै समितिका सदस्य शाहीले भने, “सबै काम खराब भन्न त मिल्दैन, केही कुरामा बदमासी भएको रहेछ, हामी तुरुन्तै सच्याउनका लागि ताकेता गछौँ, यदि समाधान भएन भने त्यसको परिणाम महँगो हुने छ ।” जिल्ला सदरमुकाममा तत्कालीन घरेलु कार्यालयबाट वितरण गरिएका भनिएको अधिकांश सामग्री पुराना भएको तर बिल मात्र नयाँ प्रयोग भएको पाइएको समितिका सभापति थापाले जानकारी दिए ।
त्यस्तै सिँचाइ कार्यालयबाट गएको अनुदानबाट नलगाड नगरपालिका–८ कोरिञ्चेमा निर्माण भएको सिँचाइ आयोजनाका सेवाग्राहीले काम सम्पन्न गरे पनि रकम नपाएको खुलासा भएको छ । कार्यालयले उपलब्ध गराएको रकमबाट सिँचाइका पाइप, सिमेन्ट मात्र खरीद गरिएको बाँकी रकम निकासा नहुँदा स्थानीयवासी ऋणमा डबेर योजना सम्पन्न गरेको खुलासा भएको हो । योजनाको झण्डै रु १० लाख भन्दा बढी रकम भुक्तानी नगर्दा कृषकले ऋणमा डुबेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार
‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार