राजश्व अनुसन्धान विभागद्धारा पाँच किलोग्राम सुन तस्कर सात जनाविरुद्ध मुद्दा
नेपालबहस संवाददाता
फागुन २७, २०७६ बुधबार ०:३१:२४
२७ फागुन, खाँदबारी । पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ ।
राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध रु ३० करोड भन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमबाट चीनको किमाथाङ्का नाकाबाट नेपाल ल्याउँदै गरेको अवैध पाँच किलोग्राम सुनसहित गत असोज २७ गते तोप्चेन भोटेलाई पक्राउ गरेको थियो ।
विशेष सुराकीको आधारमा पक्राउ परेका भोटेको साथबाट प्रहरीले पाँच किलो सुनसहित नगद ३८ हजार ८० र केही चिनियाँ मुद्रासमेत बरामद गरेको थियो । भोटेलाई मात्रै रु तीन करोड २६ लाख ५० हजार बिगोसहितको मुद्दा दायर भएको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार डिल्लीराम प्रसाईले जानकारी दिएका छन् ।
पक्राउ परेका २६ वर्षीय भोटेको बयानका आधारमा प्रहरीले सुन तस्करी गरेको आरोपमा खाँदबारी नगरपालिका–१ का जर्का भोट र भोटखोला गाउँपालिका स्थायी घर भई हाल खाँदबारी बस्ने छ्याङ रिञ्जीन भोटेलाई पक्राउ गरेको थियो ।
राजश्व अनुसन्धान विभागले सुन तस्करी गर्न जर्को भोटेसहित सात जनाको समूहको मिलेमतोमा यसअघि पनि चार पटकसम्म राजश्व छलेर २५ किलो सुन तस्करी गरेको भन्दै रु १५ करोड १३ लाख २४ हजार बराबरको दोब्बर बिगो दाबीसहितको मुद्दा दायर गरेको जिल्ला अदालत चैनपुरका श्रेस्तेदार प्रसाईले बताएका छन् ।
सुन तस्करीमा संलग्न फरार
पाँच किलोग्राम सुन तस्करीका आरोप लागेका चार जना अझै फरार छन् । फरार हुनमा भोटखोलाका छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटे रहेको स्रोतको भनाइ छ । उनीहरुले मिलेमतोमा चार पटकमा २५ किलो सुन तस्करी गरेको आरोप प्रहरीको छ । सुन तस्कारी गर्नेले एक अर्काको बैंक खातासमेत प्रयोग गरेर सुन तस्करी गर्ने गरेको स्रोतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार