हुलाकी राजमार्गमा कोरानाको असर छैन : ४८ प्रतिशत निर्माण सम्पन्न
नेपालबहस संवाददाता
फागुन २७, २०७६ बुधबार ०:५४:३१
२७ फागुन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गमा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको छ ।
आयोजनामा नेपाली कम्पनी मात्रै कार्यरत रहेकाले नियमितरुपमा काम अघि बढेको आयोजनाले जनाएको छ । अहिलेसम्म झण्डै ४८ प्रतिशत निर्माण सम्पन्न भएको सो आयोजनामा बाँकी निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा सडक र पुल गरी १३५ ठेक्का सम्झौता भएका छन् ।
ती ठेक्का र गत वर्षमा भएका ठेक्कामा अहिलेसम्म असर पुगेको जानकारी नआएको आयोजना प्रमुख रोहितकुमार बिसुरालले बताएका छन् । उनले भने, “आयोजनामा केही भारतीय कामदार बाहेक नेपाली कम्पनी र नेपाली कामदार भएकाले पनि अहिलेसम्म असर नपुगेको पाइन्छ ।”
राजमार्गमा हालसम्म झण्डै ३८५ किलोमिटर सडक कालोपत्र भएको छ । राजमार्गको लम्बाइ ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डास्मित (ग्राभेल) तथा ९२ पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । चालु आवमा अहिलेसम्म ९७ किमी कालोपत्र, ४२ किमी खण्डास्मित र पाँच पुल सम्पन्न भएको छ । बाँकी निर्माणका लागि ठेक्का सम्झौता भइरहेको आयोजना प्रमुख बिसुरालले जानकारी दिएका छन् ।
तराईका धेरै जिल्लामा आयोजनाअन्तर्गतका सडक प्रयोगमा आइसकेका छन् । तराईका भित्री बस्ती जोड्ने यो आयोजनाअन्तर्गत अधिकांश स्थानमा नयाँ साधारण मार्ग खोल्नेभन्दा भइरहेकै राजमार्गका रूपमा स्तरोन्नतिको काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार