होली र नारी हिंसा थिममा फेशन फेस्ट
नेपालबहस संवाददाता
फागुन २७, २०७६ बुधबार २:४८:८
२७ फागुन काठमाडौं । होलीको अवसर पारेर ग्लोरी मिडियाले होली फेशन फेस्ट तथा म्युजिकल इभेण्ट कार्यक्रम आयोजना गरेको छ । अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा आयोजित उक्त कार्यक्रमको उद्घाटन मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझा र नेपाल चेम्बरकी उप-निर्देशक श्रृष्टि त्रिपाठीले संयुक्त रुपमा गउद्घाटन गरेकी छिन् ।
उक्त इभेण्टमा मोडलहरुलाई र्याम्पमा उतारिएको थियो भने कलाकारहरुले गायन, नृत्य, जादु, कमेडी लयायतका सांगितिक एवम् प्रहसन प्रस्तुती दिएका थिए। फेशन विधा अन्तर्गत बालबालिका, किशोरकिशोरी एवम् युवाहरु गरि कुल २१ जना र्याम्पमा उत्रिएका थिए ।
ईभेण्ट कोरियोग्राफर केडी भट्टराईले उनीहरुलाई होली, नारी हिंसा, कल्चरल र मोडर्न गरि ४ भिन्न थिममा आधारित रहि क्याटवाक सहित र्याम्पमा प्रस्तुत गरेका हुन् । हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, ज्योतीविहिन कलाकारहरु लगायतले कार्यक्रम माझ प्रस्तुती दिएका थिए । कार्यक्रममा काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष समेत रहेकी वरिष्ठ सौन्दर्यविद् सुश्मा महरा कर्पोरेट अध्यक्ष उज्जवलजंग शाह, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, वीरेन्द्र शान्ति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, इभेण्ट ब्यवस्थापन संघका सह सचिव डेभिल सिंह राजपुत उपस्थिती थिए ।
ग्लोरी मिडियाले आयोजना गरेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको थियो भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनर, क्यूपिड स्टुडियो फोटोग्राफी पार्टनर, एमी मेकअप पार्टनर, एक्स जि एस एडुकेसन पार्टनर र फेसियल हाउस, ए टु जेड, गो अर्गानिक, कोकाकोला र सिजी नेपाल आईस एशोसियट पार्टनरका रुपमा रहेका थिए ।
इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उदेश्यका साथ उमङको पर्वका रुपमा रहेको होली र अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको ईभेण्ट आयोजक कंपनी ग्लोरी मिडियाका अध्यक्ष एवम् सिईओ सरोज ओझाले जानकारी दिए ।
होली र अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मनोरन्जन र सचेतना दुवै पस्कने उदेश्यका साथ होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्टको आयोजना गरेका हौ उनले भने । त्यसैगरि ईभेण्ट कोरियोग्राफर केडी भटट्राईले मोडलहरुलाई एकै साथ होली, नारी हिंसा, कल्चरल र मोडर्न थिममा हिडाउँन पाउँदा आफूलाई खुसी लागेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
कात्तिक १५, २०८१ बिहिबार
‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ : प्रधानमन्त्री ओली
कात्तिक १०, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
मंसिर ८, २०८१ शनिबार
काठमाडौं उपत्यकाको बागमती कोरिडोर क्षेत्रको बाढीबस्तीमा सरकारको अझै पुगेन ध्यान
मंसिर ८, २०८१ शनिबार
विभिन्न कार्यक्रमहरु गरी गरिमा विकास बैंकले मनायो १८औं वार्षिकोत्सव
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार