पोखरा विमानस्थलका ७१ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा
नेपालबहस संवाददाता
फागुन २७, २०७६ बुधबार ३:४३:५३
२७ फागुन चिप्लेढुङ्गा । निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् ।
क्वारेन्टाइनमा राखिएका ७१ कामदार केही पुराना र केही नयाँ कामदार रहेको विमानस्थल प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए। कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य सतर्कतालाई विशेष ध्यान दिएको र स्वयं कामदार पनि स्वास्थ्यप्रति सचेत रहेकाले नेपाल आएपछि पनि थप १० दिन सेल्फ क्वारेन्टाइन बस्ने गरेको उनले जानकारी दिए ।
प्रमुख मुनाकर्मीले भने, “चीनबाट आएका नयाँ पुराना कामदार त्यहाँ पनि १४ दिन क्वारेन्टाइनमा बसेर र हेल्थ सर्टिफिकेट लिएर आएका छन् । नेपाल आएपछि पनि सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्कन्छन् ।” यसअघि पनि ३६ चिनियाँ कामदार सेल्फ क्वारेन्टाइनमा बसेर काममा फर्किएको र अहिले ७१ पनि त्यसरीनै सेल्फ क्वारेन्टाइनपछि काममा फर्केने उनको भनाइ छ । उनीहरु यही फागुन २१, २२, २३ गते चीनबाट नेपाल आएका थिए ।
सन् २०२१ जुलाईमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त विमानस्थलको हाल ५५ प्रतिशत काम सम्पन्न भएको प्रमुख मुनाकर्मीले जानकारी दिए । सम्पन्न मितिको छ महिनाअगावै ९५ प्रतिशत मुख्य काम सकिने उनले जानकारी दिए । हाल निर्माणाधीन विमानस्थलमा क्वारेन्टाइनमा राखिएकाबाहेक १९० चिनियाँ र २८० नेपाली कार्यरत छन् । हाल देखिएको कोरोना सङ्क्रमणका कारण एक महिना राम्रोसँग काम हुन नसकेको उनको भनाइ छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले चिनियाँ कामदारको अवस्था सामान्य रहेको र थप सतर्कताका लागि मात्र १० दिन क्वारेन्टाइनमा राख्ने गरेको जानकारी दिए । हाल कोरोना भाइरस र पूर्वरोकथामको लागि १० विषयगत समिति बनाएर कार्य विवरणसहित परिचालन गरिएको डा शर्माले बताए।
यस क्षेत्रका चार अस्पताल जिपी कोइराला स्वासप्रस्वास उपचार केन्द्रमा २०, चरक मेमोरियलमा ३०, गण्डकी अस्पतालमा १५ र मनिपालमा १५ गरी कूल ८० आइसोलेसन बेड तयारी अवस्थामा रहेको जानकारी उनले दिए । पोखरा विमानस्थल र मुस्ताङमा हेल्थ डेस्क राखिएको र गण्डकी प्रदेश हालसम्म सुरक्षित रहको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार