छटपटिएका प्रचण्ड
इन्द्र रिजाल
फागुन २८, २०७६ बुधबार १७:५६:३६
समाचार टिप्पणी
२८ फाल्गुण, काठमाडौं । “आफु ताक्छु मूढो, बञ्चरो ताक्छ घूँडो” जस्तो भएको छ यतिखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि । लामो कसरतपछि केपी ओलीको हातबाट कार्यकारी अध्यक्षको पगरी हत्याएका प्रचण्डको दाउपेच राम्रै चलेको थियो । तर पछिल्लो चरणमा पार्टीभित्र विकसित भएको घटनाक्रमले उनी किंकर्तव्यविमूढ बनेका छन् । ओलीलाई कमजोर बनाउन चलाएको अस्त्र फर्केर आफैंलाई घायल बनाउने संभावना प्रबल भएको छ । संभावित आक्रमणबाट जोगिन कसरी सामना गर्ने भन्ने चिन्ताले प्रचण्ड गलित भएका छन् ।
ओलीसँगको पूर्वसहमति बमोजिम आधा आधा प्रधानमन्त्री बन्ने भद्र सहमति पार्टीको कार्यकारी अध्यक्ष पदसँग साटेका प्रचण्डको छटपटी थपिएको छ । कार्यकारी अध्यक्ष भएपछि पार्टीको डाडूपन्यू आफ्नै हातमा आउने उनको अपेक्षा पानीको फोका बनेपछि उनमा चरम निराशा बढेको छ । त्यसबाट उम्किन उनले चलाएको तिकडम नै अहिले आफ्नै विरुद्ध सोझिएको बुझाई धेरैको रहेको छ । पार्टी भित्रको हालीमूहाली बढाउने चाहनालाई बल पु¥याउन केही त गर्नै प¥यो भन्ने सोच नै अहिले आएर घाँडो बनेको हो ।
सचिवालय बैठकको निर्णय कार्यान्वयन नहुँदा बामदेवलाई भन्दा ठूलो प्रभाव प्रचण्डलाई परेको छ । त्यसैले ओली अस्पताल भर्ना भए यता प्रचण्डसमेत खुमलटारमै सीमित भएका छन् । पार्टीका कुनै कार्यक्रममा उनको सहभागिता छैन । कार्यकारी अध्यक्ष भएको भनिएपनि उनले कुनै बैठक राख्न सकेका छैनन् । पार्टी कार्यालय चकमन्न छ ।
ओलीको चलखेल सरकारमा मात्र सीमित नरही पार्टी पंक्तिमा समेत चुलिएकाले प्रचण्डलाई बेचैनी हुनु स्वभाविक थियो । कार्यकारी अध्यक्ष पदसँग साटेको कार्यकालको कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीको लालच त्याग्नसक्ने अवस्था समेत रहेन । त्यसैले प्रचण्ड कुनै बहाना खोजेर भएपनि ओलीलाई गलाउने ध्याउन्नमा थिए ।
उता, प्रधानमन्त्री ओली पनि प्रचण्डको छिर्के दाउ नबुझ्ने मानिस होइनन् । त्यसैले पार्टीभित्रको पकड अझै बलियो बनाउन सभामुख पदसमेत हत्याउन खोजे । यो प्रकरणमा ओलीले माधव नेपाल र बामदेव गौतमलाई कम आँके । त्यसैको फाइदा उठाउन सफल भए प्रचण्ड । ओलीको बढ्दो प्रभाव रोक्न माधव, झलनाथ र बामदेवलाई उकास्ने काम पनि प्रचण्डले गरे । सबै कुरा बुझ्दा बुझ्दै माधव र झलनाथले प्रचण्डलाई साथ दिए । कारण, थियो ओलीको हेपाहा र मिचाहा सोच ।
त्यसैको फाइदा लिन प्रचण्डले बामदेवलाई वैकल्पिक प्रधानमन्त्रीको ललीपप ख्वाईदिए । अनि उनी तयार भए राष्ट्रियसभामा मनोनित कोटामा जान । यति गर्दा ओलीमाथि घोडा चढ्न पाइन्छ भन्ने सोच प्रचण्डमा पलाएको हो । तर परिस्थिति उल्टो दिशामा हिंड्यो । सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभामा लैजान दिएको निर्देशन ओलीले ठाडै अस्वीकार गरिदिए । आफ्ना विरुद्ध ठूलै षडयन्त्र भएको चाल पाएका ओलीले प्रतिकूल परिस्थितिको सामना गर्नुभन्दा मृगौला प्रत्यारोपणमा जान उचित ठाने ।
जो मात्रै ओलीका विश्वासिला ईश्वर पोख्रेलले माधव नेपालसँग भेट गरे । नेपाल निवास कोटेश्वरमा झण्डै डेढ घण्टा भएको वार्तालाप पक्कै चियाकफीमा सीमित थिएन । यस्तै गतसाता ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत नेता नेपालसँग कोटेश्वरमै गएर लामै बात मारे ।
ओलीको यो निर्णय निर्णयले सबैभन्दा ठूलो चोट प्रचण्डलाई परेको छ । सचिवालय बैठकको निर्णय कार्यान्वयन नहुँदा बामदेवलाई भन्दा ठूलो प्रभाव प्रचण्डलाई परेको छ । त्यसैले ओली अस्पताल भर्ना भए यता प्रचण्डसमेत खुमलटारमै सीमित भएका छन् । पार्टीका कुनै कार्यक्रममा उनको सहभागिता छैन । कार्यकारी अध्यक्ष भएको भनिएपनि उनले कुनै बैठक राख्न सकेका छैनन् । पार्टी कार्यालय चकमन्न छ ।
ओली अस्पताल भर्ना भएपछि उनी निकट नेताहरुको सक्रियता बेग्लै किमिमले अघि बढेको प्रतीत हुन्छ । ओली खेमाले अब पार्टी भित्रको पकड बलियो बनाउन बेग्लै रणनीति बनाउन थालेको छ । हिजो प्रचण्डसँग निकट भएर पूर्व एमालेकै नेताहरुको हूर्मत लिने काम गर्दा ठूलै नोक्सानी भएको बुझाई ओली पक्षको रहेको छ । त्यसैले अब भने माधव नेपाल पक्षलाई बिश्वासमा लिएर प्रचण्डलाई भित्तामा पु¥याउने रणनीति बनाउन शुरु भएको छ ।
त्यसैको पछिल्लो श्रृंखलाका रुपमा माधव नेपालसँग ओली पक्षका नेताहरुको बाक्लो भेटघाटलाई लिन सकिन्छ । हिजो मात्रै ओलीका विश्वासिला ईश्वर पोख्रेलले माधव नेपालसँग भेट गरे । नेपाल निवास कोटेश्वरमा झण्डै डेढ घण्टा भएको वार्तालाप पक्कै चियाकफीमा सीमित थिएन । यस्तै गतसाता ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले समेत नेता नेपालसँग कोटेश्वरमै गएर लामै बात मारे ।
यी सबै परिस्थितिलाई जोडेर हेर्ने हो भने नेकपाभित्र अर्काे खिचडी पाक्दै छ भन्ने बुझ्न कठिन छैन । प्रचण्डलाई समेत यसको झनक लागिसकेको छ । त्यसैले अब कसरी अघि बढ्ने भन्नेमा उनको दिमाग खेलिरहेको छ । माधव नेपालले कुनैपनि बेला ओलीलाई साथ दिन सक्छन् भन्ने त्रास प्रचण्डमा पलाएको छ । किनभने ओली पक्षका नेताहरुले विकल्पमा तपाई नै हो भनेर नेपाललाई वचन दिईसकेका छन् । जसले गर्दा प्रचण्डको पछिल्लो मुभ ज्यादै कष्टप्रद सावित हुने अवस्थामा पुगेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार