सामूहिक बलात्कार घटनाका आरोपित चार जना सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १७:४७:८
२८ फागुन, महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमै सार्वजनिक गरेको हो ।
परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तस्थलमा पु¥याएर सातले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीन अझै फरार रहेका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।
घटनापछि जलेश्वर अस्पताल पु¥याइएका दुवै किशोरी उपचारले सामान्य भएका प्रहरीले जनाएको छ । पक्राउ परेका चारैलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार