प्रधानमन्त्रीले आफैंले दाह्री काटेपछि !!
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १९:२:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-oli_fiRVAuePm9.jpg)
२८ फागुन काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार हुँदै आएको छ । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
बुधबार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको स्वस्थ्य बन्ने क्रम रफ्तारमा चलिरहेको र प्रधानमन्त्रीले आफैंले दाह्री काटेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यलाभ अपेक्षित गतिमा भइरहेको जनाउँदै थापाले प्रधानमन्त्रीले हिँडडुल र नियमित व्यायाम जारी राखेको बताए । गएको फागुन २१ गते बुधबार त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा प्रधानमन्त्री ओलीकाे दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
यसैबीच, प्रधानमन्त्रीका प्रेस सल्लाकार सुर्य थापाले स्रोतको हवाला दिएर १०१ प्रतिशत झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गरेका छन् । उनले केही बेरअघि ट्विटरमा लेख्दै प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था अपेक्षित रूपमा नै सुधारको क्रममा रहेको बताउदै झूठ र भ्रमको खेती नगर्न सबैमा अनुरोध गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार