गोदावरी सडक निर्माण सम्पन्न नहुँदा स्थानीयवासी हैरान
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार १९:३६:२८
२८ फागुन, काठमाडौं । ठैबका सुमन महर्जन घरबाट सातदोबाटसम्म आइपुग्दा पटक–पटक मोटरसाइकलबाट लड्नुभएको छ । साँघुरो सडकमा जतासुकै खाल्डाका कारण सवारीसाधन चलाउन कठिन भएको उनको अनुभव छ ।
उनी जस्तै धेरै सवारीचालक दुर्घटनामा पर्ने गरेका उनले देख्दै आएका छन् । झण्डै पाँच वर्षदेखि कालोपत्र वा मर्मत नभएको सडकमा यात्रा गर्नु कठिन भइरहेको उनले बताएका छन् । हिउँदमा भन्दा पनि वर्षायाममा यो सडकमा दुर्घटना बढी भइरहेका छन् । खाल्डामा पानी जमेको थाहा नहुँदा दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा परिरहेका छन् । उनले भने, “हामी दैनिक यो सडक हिँड्ने त दुर्घटनामा पर्छौँ भने कहिलेकाहीँ आउनेलाई अझै गाह्रो छ ।”
चार वर्ष पहिले सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि विभिन्न अवरोधका कारण हात्तीवन–गोदावरी सडक निर्माण हुनसकेको छैन । झण्डै एक लेनको सडक विस्तार गर्ने र सडकमा आवश्यक संरचना निर्माण गर्ने उद्देश्यले ठेक्का सम्झौता भएको थियो ।
बीस मिटर चौडाइ कायम गर्ने गरी सडक चिह्न लगाए पनि सडकसँगै घर भएका स्थानीयवासीको विरोधका कारण सडक निर्माण अघि बढ्न सकेन । उपत्यकाका अन्य स्थानमा सडक विभागले मर्मतका काम गरिरहे पनि विस्तारका क्रममा रहेका सडकमा गरेको छैन । सडक झनझनै जीर्ण बन्दै जाँदा धुलो र हिलो बढिरहेको छ । सडकमा रहेका खाल्डाका कारण दैनिकजसो दुर्घटना हुने गरेको स्थानीयवासी बताउँछन् ।
ठैबका हरि महर्जन सडकका कारण स्थानीयवासीको जीवन कष्टकर बन्दै गइरहेको बताए । यस सडकमा दैनिक दुर्घटना हुँदा कतिको मृत्यु भएको, कति गम्भीर र कतिपय मानिस सामान्य घाइते भइरहेका छन् ।
सडकमा खाल्डाका कारण मोटरसाइकल लड्ने घटना ठाउँठाउँमा देखिने उनले बताएका छन् । केही महिना पहिले पनि खाल्डाका कारण मोटरसाइकल लडेको थियो । त्यही दिशाबाट आएको ट्याङ्करले हान्दा चालकको घटनास्थलमै मृत्यु भयो । उनले भने, “नियमअनुसार ट्याङ्कर चालकका कारण मृत्यु भएको देखिन्छ तर वास्तवमा सडकका कारण मृत्यु भएको हो ।”
सडकमा केही समय पहिले खाल्डा भएका ठाउँमा मात्रै पुर्न ग्राभेल बिच्छ्याइएको थियो । तर सवारी साधनको चाप धेरै रहेको सडकमा त्यो लामो समय टिकेन । सडकको कालोपत्र गर्नु नै समाधान हुनसक्ने उनले बताएका छन्। काठमाडौँ उपत्यकामा अरु स्थानमा स्थानीयवासीले कालोपत्र चाँडो गर्न माग गर्दै विरोध गर्दा त्यहाँ चाँडो काम भएको उनको भनाइ छ । उनले भने, “यहाँ भने स्थानीयवासीले हुँदै होला भनेर चुप बसेकाले ढिलाइ भएको छ ।”
यो सडकमा काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणको काम गरिरहेको छ । आयोजनाले सडकको चौडाइ मापदण्डानुसार खाली हुन नसकेकै कारण निर्माण अघि बढ्न नसकेको जनाएको छ । सडकमा चौडाइको समस्या हरीसिद्धि, ठैबलगायतका पुराना बस्तीमा देखिएको आयोजनाका इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए ।
यी सडकमा मापदण्ड घटाएर १६ मिटर चौडाइ कायम गर्ने गरी आयोजना, जनप्रतिनिधि र स्थानीयवासीबीच गत वर्ष नै सहमति भएको थियो । स्थानीयवासीले सरकारले घरको मुआब्जा दिँदा २० मिटर नै खाली गर्न सकिने बताएपछि अहिले त्यसका लागि छलफल भइरहेको छ । उनले भने, “२० मिटर नै कायम गर्न सकिन्छ भनेर हामी नियमित छलफलमा छौँ ।”
विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरीसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविक ठैब र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । महानगरपालिकाको एउटा वडा र नगरपालिकाका दुवै वडाका अध्यक्षले आवश्यक समन्वय गरिरहेको इञ्जिनीयर देवकोटाले बताएका छन् । निर्माण व्यवसायीले काम गर्न चाहे पनि आफैँले निर्माणस्थल खाली गर्न नसकिएकाले काम अघि नबढेको उनले बताएका छन् । टौखेलबाट गोदावरी सडकमा भने निर्माण भइरहेको छ । उनले भने, “साइट उपलब्ध भएका ठाउँमा निर्माण भइरहेको छ, खाली नभएका ठाउँमा एउटा निर्णय भएपछि निर्माणका लागि नै बाटो खुल्नेछ ।”
स्थानीयवासीले घरसँगै जग्गाको समेत मुआब्जा माग गरेर निर्माण अघि बढाउन नदिँदा भौतिक प्रगति कम भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वोच्च अदालतको निर्णयका कारण भत्काउन नसकिएको हो ।
सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आयोजनाले आशिष सीएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिएको छ । ठेक्का अवधि गत कात्तिकमा सकिएको छ । काठमाडौँ उपत्यकाका अरु सडकमा जस्तै यहाँ पनि स्थानीयवासीको अवरोध नै निर्माण अवरुद्ध हुनुको कारण बनेको छ ।
सरकारले चार वर्ष पहिले उपत्यकामा १० सडक र दुई पुलको विस्तार शुरु गरेको थियो । तीमध्ये अहिलेसम्म कुनै पनि सम्पन्न भइसकेका छैनन् । पहिले घरको मात्रै मुआब्जा माग गरेकामा अहिले स्थानीयवासीले जग्गाको समेत मुआब्जा मागेर निर्माणको काम अघि बढ्न नसकेको हो ।
सरकारले त्यहाँ रहेका घरटहरा हटाएर काम गर्न खोज्दा स्थानीयवासीले सङ्गठितरूपमा अवरोध गर्दै आएका थिए । लामो समयसम्म पनि सडक निर्माण अघि बढ्न नसकेपछि चावहिल–साँखु, त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा, ढोलाहिटी–लेलेलगायतका सडकमा उपलब्ध चौडाइमा निर्माण अघि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
एसिया कपमा बंगलादेशसँग नेपाल ५ विकेटले पराजित
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार