सिमकोट विमानस्थलको सुरक्षा फितलो
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २१:१८:४२
२८ फागुन, हुम्ला । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षा व्यवस्था फितलो बनेको छ । नेपाल खाद्य संस्थानको चामल र व्यापारीको जडीबुटी जिल्ला बाहिर ओसारिँदा विमानस्थलमा सबैको पहुँच सजिलै पुग्ने गरेको छ । अति संवेदनशील मानिने विमानस्थलको निषेधित क्षेत्रमा सामान्य नागरिक पनि सहजै पहुँचले विमानस्थलभित्र भरिभराउ हुने गरेको छ ।
सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन्, तर यतिबेला व्यापारीको ओसारपसार गर्ने काम चलिरहेको हुनाले सिमकोट विमानस्थलको संवदेशीलताको ख्यालै नगरी बिनाकामका व्यक्तिले पनि निषेधित क्षेत्रमा प्रवेश गर्ने गरेका छन् । वर्गीकरण गरिएका क्षेत्रमा सम्बन्धित व्यक्तिलाई मात्र पहुँच हुने गरी विमानस्थल कार्यालयले अनुमतिपत्र प्रदान गर्ने गरे पनि नेपालगञ्ज, सुर्खेतबाट सामान र आफन्त आएका भन्दै विमानस्थल पुग्ने गरेका छन् ।
विमानस्थल प्रवेशका लागि ढोकामा रहेका सुरक्षा निकायलाई अन्य बाहना बनाएर सजिलै जो–कोही विमानस्थलमा पुग्ने गरेका छन् । विमानस्थलको निर्माण र खाद्यान्न ओसार्न भरिया महिला जाने भएकाले विमानस्थलमा भीड बढी देखिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताएका छन् । विमानस्थलमा गाईवस्तु पनि देखिने गरेको र अब यो सबैको व्यवस्था चाँडै गरिने प्रजिअ भट्टराईले बताएका छन् ।
यसले गर्दा विमानस्थलमा यात्रु र अन्य नागरिक छुटाउन मुस्किल हुने गरेको छ । सिमकोट विमानस्थलको सुरक्षालाई अबका दिनमा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । यस्तै सिमकोट विमानस्थल फोहर बन्दै गएको छ । विमानस्थलको खाली रहेको सबै क्षेत्रमा व्यापारीले जडीबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने भन्दै विमानस्थलमा थुपारिरहेका छन् । घोडा, खच्चडसमेत विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
आज यी स्थानमा काटिदैछ बिजुली
पुष ५, २०८१ शुक्रबार
वैदेशिक रोजगारी: १५ वर्षमा १४ हजार बढीको मृत्यु
पुष ५, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार