चुनढुङ्गा उत्खनन रोक्न सङ्घर्ष समिति गठन
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २१:३१:४८
२८ फागुन, काठमाडौं । माण्डवी गाउँपालिका–५ सिरुबारीमा चुनढुङ्गा उत्खनन रोक्न भू तथा पर्यावरण संरक्षण समितिमार्फत सङ्घर्ष समिति गठन गरिएको छ । महाकाली खनिज उद्योग प्रालि घोराही दाङले उत्खनन गर्न लागेको भन्ने जानकारी पाएपछि शङ्कर आचार्यको अध्यक्षतामा २० सदस्यीय समिति गठन गरिएको हो ।
सो समितिको उपाध्यक्षमा नरेन्द्र खड्का, सचिवमा टोपाराम आचार्य र कोषाध्यक्षमा टोपबहादुर मल्ल रहेका छन् । अन्य १६ सदस्यमा चयन भएको सचिव आचार्यले बताए । उत्खनन रोक्न समितिमार्फत पहल गरिने उनले बताए । स्थानीयवासीलाई आधिकारिकरूपमा जानकारी नभएको र मापदण्डविपरीत उत्खनन गर्न लागेका कारण यसलाई तत्काल रोक्ने अभियानमा आफूहरु लागेको उनको भनाइ छ ।
चुनढुङ्गा उत्खननले यहाँको पर्यावरणमा ह्रास आउने, पानीका मुहान सुक्ने, गाईवस्तुको चरिचरण हराउने, धुवाँधुलोको प्रदूषण बढ्नेलगायतका समस्या स्थानीयवासीले भोग्ने भएका कारण चुनढुङ्गा उत्खनन कुनै पनि हालतमा गर्न नदिइने सचिव आचार्यले बताए । समिति गठन कार्यक्रममा जिल्लाका सात वटै सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि, पूर्वसांसद, राजनीतिक दल, स्थानीयवासी लगायतको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
कोशी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष ६, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ६, २०८१ शनिबार
बाजुरामा बिहानै ५ रेक्टरको भूकम्पको धक्का
पुष ६, २०८१ शनिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार