अस्पतालको सेवा चुस्त बनाउन निर्देशन
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २१:५१:४२
२८ फागुन, काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्रवाह गर्ने सेवा चुस्त बनाउन निर्देशन दिएका छन् ।
अस्पतालको निरीक्षण पश्चात आज आयोजित कार्यक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाइ थप गुणस्तरीय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायकोतर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकाले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताए । प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिकको आशाको केन्द्र भएकाले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद् गर्न नहुनेमा उनको जोड थियो । अस्पतालमा प्रयोगशालाको गुणस्तरीयता बढाउने, बेड सङ्ख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालन गर्नेलगायत कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गरे ।
नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआइपी डिलक्स, ओपिडी, इमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आइसियु, प्रस्तावित कोरोना भाइरस क्वारेन्टाइन वार्ड, आइसोलेसन वार्डको निरीक्षण गरेका थिए ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी कर्मचारीको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता सङ्गठनको उच्च प्राथमिकताको विषय भएको बताए । प्रहरी महनिरीक्षक ज्ञवालीले रोगको पहिचान र मानवीय संवेदनासँग जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरुले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्ने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
समय अपुगले दुई चरण मुद्दा दर्ताः जीवीसहित १९ जनाविरुद्ध आज, रविसहित अन्यको आइतबार
पुष ५, २०८१ शुक्रबार
कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने
पुष ५, २०८१ शुक्रबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ स्पेन्टागन
पुष ५, २०८१ शुक्रबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार