नेपालमा औषधि निर्यातलाई निरन्तरता र पाम आयलको निर्यातमा भारत सकारात्मक
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बिहिबार ०:१२:१५
२८ फागुन, काठमाडौं । भारत सरकार नेपालमा निर्यात हुने औषधिलाई निरन्तरता दिन सकारात्मक भएको छ ।
भारतमा यही फागुन २३ र २४ गते भएको ग्लोबल बिजनेस समिट २०२० मा भाग लिई स्वदेश फर्किएका उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीले भारतका केन्द्रीय नागरिक उड्ययन, आवास तथा शहरी मामिलामन्त्री हरदीपसिंह पुरीसँगको भेटसँगै भारतीय मन्त्रीले नेपालमा औषधि खुला गर्न आफ्ना सचिवलाई निर्देशन दिएको जानकारी दिए ।
नेपालमा आवश्यक औषधि र औषधिजन्य वस्तु ७० प्रतिशत विदेशबाट आयात हुने गरेकामा त्यसको ९० प्रतिशत भारतबाट मात्र आयात हुन्छ । “नेपाललाई छुट्टै नीति बनाएर काम गर्न हामीले आग्रह ग¥यौँ, उहाँ सकारात्मक हुनुभयो”, राज्यमन्त्री दुगडले आज आफ्नो कार्यकक्षमा पत्रकारमाझ बताए । उनका अनुसार नेपाल भारतसँग व्यापार घाटामा रहेकाले नेपालबाट भारत निर्यात हुने पाम आयलको निर्यातमा पनि भारत सरकारात्मक भएको छ, उसले नेपाललाई कष्ट हुन दिने छैन । मलेशिया र इण्डोनेशियाबाट कच्चा पदार्थ आयात भई नेपालमा प्रशोधन हुने पाम आयल नेपालमा करीब ३० प्रतिशत भ्यालु एडेड भई निर्यात हुने गरेको छ । नेपालबाट गत छ महिनामा करीब रु १४ अर्ब पाम तेल निर्यात भएको छ ।
नेपालमा सुरक्षा र अन्य पूर्वाधार प्रशस्त भएको, कर्मचारीतन्त्र सेवाग्राहीमैत्री भएको तथा एकद्वार प्रणाली कायम भई लगानीको पर्याप्त वातावरण भएकाले लगानीका लागि आग्रह गरिएको पनि उनले बताए । राज्यमन्त्री दुगडले जोगबनी–बगनाहा, वीरगञ्ज–रक्सौल, जनकपुर–जयनगर रेल सञ्चालन छिटो गर्न, रक्सौल–मुजफ्फरपुर विद्युत लाइन छिटो सम्पन्न गर्न तथा निर्माणाधीन भैरहवा–नेपालगञ्ज एकीकृत भन्सार चौकी चाँडै सकाउन पनि भारतीय पक्षलाई आग्रह गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान चौधरीको मृत्यु
पुष ९, २०८१ मंगलबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार