नेपालसँग जाेडिएका नाका र विमानस्थलमा अझै सुरक्षा कडाइ गर्न सबै दल सहमत
नेपालबहस संवाददाता
फागुन २८, २०७६ बुधबार २३:५१:१२
२८ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठक सकिएको छ । महामारीको रुपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभेट १९) को नियन्त्रण सम्बन्धमा बैठक केन्द्रीत भएको थियो । दिउँसो १५ः२० देखि १७ः३० सम्म बसेको सो बैठकले देशभित्र बढ्नसक्ने कोरोना संक्रमण तथा नियन्त्रण सम्बन्धमा बैठकले साझा धारण बनाएको छ ।
रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बसेको सो बैठकमा नेकपाका अध्यक्ष पुस्पकमल दहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, पुर्व मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नेपाली कांग्रेसका नेता गगन थापा, बालकृष्ण खाँड, समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेमकिपाका नेता प्रेम सुवाल, गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, पर्यटन मन्त्री योगेश भट्टराई, गिरिराजमणि पोख्रेल मुख्य सचिव लोकदर्शन रेग्मी तथा मन्त्रालयका सचिवहरु लगायत ३०–३५ जनाको उपस्तिथि रहेको थियो ।
बैठक पछि केही पत्रकारहरुसँग कुराकानी गर्दै स्वस्थ्यमन्त्री भानुभक्त ढकालले आजको बैठक उपलब्धिपूर्ण भएको प्रतिक्रिया दिए । कोभेट १९ उच्च स्तरिय समन्वय समितिले गरेको कामकार्वाही बारेमा सबै दलहरूका प्रतिनिधिहरुलाई जानकारी गराइएको उनले बताए । उनले सर्वदलीय बैठकमा कोरोनालाई कसरी नियन्त्रमा लिने रोकथामका उपाय के हुन सक्छ्न ? भन्ने बारेमा छलफलका साथै सुझावहरु लिनेकार्य भएको बताए । स्वास्थ्यमन्त्री ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्ययोजना पेश गरेका थिए ।
नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थमन्त्री गगन थपाले एकिकृत सूचना सम्प्रेषण, हवाई मार्गबाट आउने अति संक्रमितहरुलाइ पुर्ण रुपमा बन्देज लगाउनु पर्ने, चेकजाँचको व्यवस्था राम्रोसँग मिलाउनु पर्ने र आवश्यकता भए थप्नुपर्ने, केन्द्र लगायत प्रदेश स्तरमासमेत रहेका अस्पतालहरुमा आईसीयू बेडहरुको संख्यामा वृद्धि गर्नु पर्ने र नेपाली सेनाको नेतुत्वमासमेत छाउनी स्थित अस्पतालमा क्वारेन्टाइनको ब्यवस्था गर्ने सकिने सुझाव दिएको बताए ।
कांग्रेस सांसद थापाले काेभेट १९ को असरका कारण आर्थिक क्षेत्रको सन्दर्भमा त्यत्रो ठूलो आत्तिनुपर्ने अवस्था नभएको बताए । तर पनि यसका प्रभावहरु देखिन थालेकोले भने सजग रहनुपर्ने बताए । उनले भने, ” केही दिनभित्रमा हामी केही नयाँ प्याकेज लिएर आउनेछौं । आज हामीले नाकामा चेक जाँचका लागि हस्पिटल बसेको सन्दर्भमा कुरा राखेका छाैँ । स्थलमार्गबाट नेपालकाे करिब–करिब एक सय २१ वटा नाकाहरुबाट आउजाउ भएकाे बताए तर अहिले ४१–४२ वटामा मात्रै चेकजाँचकाे व्यवस्था भएकाे बताए ।”
अर्काे प्रसंगमा उनले सरकारले गरेको आपुर्तीको व्यवस्था र अर्थतन्त्रमा देखिन सक्ने खतरातर्फ अर्थमन्त्री र अर्थमन्त्रालयले गरिरहको काम चित्तबुझ्दो नभएको बताए । बजारमा कोरोनाको कारण केही प्रभाव देखियता पनि अर्थमन्त्रीले नयाँ र आकर्षक प्याकेज ल्याउन नसकोको उनले आरोप लगाए ।
आज बसेकाे सर्वदलीय बैठकमा उपस्थित केही सांसदले भने काेराेना नियन्त्रणामा सरकारकाे आलाेचनात्मक समर्थन गर्दै नेपालसँग जाेडिएका नाका र विमानस्थलमा अझै सुरक्षा कडाइ गर्न सहमत भएका छन् । उनीहरूले संक्रमण फैलिहालेममा त्यसकाे व्यवस्थापनका लागि जतिसक्दाे चाँडाे क्वारेन्टाइनकाे व्यवस्था मिलाउनु पर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको कूटनीतिक प्रयास जारी
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार